साउदी राजपरिवारका ३ बरिष्ठ सदस्य पक्राउ
सारांश
- काठमाडौं।
- साउदी अरेबियाको राजपरिवारका तीन प्रभावशाली सदस्य पक्राउ परेका छन् ।
- पक्राउ पर्नेमा राजाका भाइसमेत छन् तर उनीहरुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन ।
काठमाडौं। साउदी अरेबियाको राजपरिवारका तीन प्रभावशाली सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइसमेत छन् तर उनीहरुलाई पक्राउ गर्नुको कारण खुलाइएको छैन । राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
शुक्रबार पक्राउ गरिएका तीनै जना साउदीको राजनीतिमा प्रभावशाली भूमिकामा थिए । ४ वर्ष अघिमात्र साउदीको सज्यसत्ताको बागडोर सम्हालेका राजकुमार मोहम्मद बिन सलमानलाई उनीहरुको प्रभावशाली भूमिका मन नपरेको बताइएको थियो । यही कारण आफ्ना बाटो खुला गर्न राजकुमारले उनीहरुलाई पक्राउ गर्ने आदेश दिएको हुन सक्ने विश्लेषण गरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया