महिला फुटबलको उपाधी प्रिन्ट मिडियालाई
सारांश
- ललितपुर ।
- नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजना गरिएको महिला फुटबल प्रतियोगितामा प्रिन्ट मिडिया टिमले जित हासिल गरेको छ ।
- फाइनल खेलमा अनलाईन मिडिया विरुद्ध २ गोल गर्दै प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको हो ।
ललितपुर । नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजना गरिएको महिला फुटबल प्रतियोगितामा प्रिन्ट मिडिया टिमले जित हासिल गरेको छ ।
फाइनल खेलमा अनलाईन मिडिया विरुद्ध २ गोल गर्दै प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको हो । अनलाइन मिडियाले १ गोल गरेको थियो ।
‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ शनिबार सातदोबाटो स्थित एन्फा मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा प्रिन्ट मिडियाका लागि भाषा शर्मा र पून्यवती ढकालले १–१ गोल गरेका थिए । त्यसैगरी अनलाइन मिडियाका तर्फबाट मुना कार्कीले १ गोल गरेकी थिइन् ।
प्रतियोगितामा प्रिन्ट, रेडियो, अनलाईन र टेलिभिजन मिडिया गरी चार टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा रेडियो र टेलिभिजन दुवैले संयुक्तरुपमा तेस्रो स्थान प्राप्त गरे ।
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले गरेका थिए ।
प्रतिक्रिया