बलुको हत्याविरुद्व बुटवल बन्द, यसरी भएको थियो हत्या (फोटोफिचर)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बलुको हत्याविरुद्व बुटवल बन्द, यसरी भएको थियो हत्या (फोटोफिचर)

सारांश

  • आचार्य प्रदीप बुटवल, पुस २१ ।
  • रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल ‘बलु’को हत्या भएको विरोधमा बुटवल बन्द भएको छ ।
  • तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीहरुले बन्द गरेका हुन् ।

आचार्य प्रदीप

बुटवल, पुस २१ । रुपन्देहीको ढेकेबार खैरेनीमा गोली प्रहारबाट स्थानीय युवा बसन्त पौडेल ‘बलु’को हत्या भएको विरोधमा बुटवल बन्द भएको छ । तत्काल हत्यारा पत्ता लगाउन माग गर्दै आक्रोशित युवा विद्यार्थीहरुले बन्द गरेका हुन् ।

भोली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीको भनाइ छ ।

अज्ञात व्यक्तिले आज बिहान सवा ११ बजे पौडेलमाथि गोली प्रहार गरेका थिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

पौडेल पूर्व–गाविजस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्लो छोरा हुन् ।

एक बर्षअघि सोही गाउँमा युवा संघका नेता दुर्गा तिवारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।

घटनालगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने व्यक्तिले स्थानीय सञ्चारकर्मी र विभिन्न व्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएका छन् ।

एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए ।

गोली कस्ले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ ।

गोली प्रहार गर्ने व्यक्ति कालो डिस्कभर मोटरसाईकलमा रोहिणी खोलातिर भागेको स्थानीयले बताएका छन् ।

मृतक आफ्नो काठ मिलमा आगो तापेर बसिरहेका बेला गोली प्रहार भएको थियो ।

(https://valorhealthcare.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?