म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ९, २०७९
|
|
१८ पटक हेरिएको
Shares
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि

सारांश

  • काठमाडौं।
  • अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ।
  • पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो।

काठमाडौं। अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो।

दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधिको रक्षा गरेकाे हाे। सिटीलाई जित दिलाउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै दोब्बर पारेको अग्रता जोगाउन भिल्ला असफल भयो। गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काएका थिए।

निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे। सिटीले जित निकाल्न नसकेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो। तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो।

विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंक जोडेको चेल्सी तेस्रो स्थानमाइ रहँदा ७१ अंक जोडेको टोटेनह्याम हट्सपरले पनि चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनायो।

६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो। यसअघि नै निश्चित भइसकेका वाटफोर्ड र नर्विच सिटीसँगै बर्नली पनि रेलिगेसनमा परेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?