मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा
सारांश
- धनगढी, १९ चैत ।
- कैलालीको मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कप फुटबल प्रतियोगिता हुने भएको छ ।
- गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा चैत २६ गतेदेखि प्रथम सुन्दर सुदुरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
धनगढी, १९ चैत । कैलालीको मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कप फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगंगा नगरपालिका अन्तर्गतको कैलालीको मध्यवर्ती क्षेत्र मसुरियामा चैत २६ गतेदेखि प्रथम सुन्दर सुदुरपश्चिम स्तरीय आमन्त्रित गौरीगंगा कप हुने आज पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।
झण्डै ४ लाख नगद पुरस्कार रहेको प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने र १६ टीमको सहभागिता रहने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछन् । उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, सर्वाधिक गोलकर्ता, रक्षकलाई नगद ७ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २ हजार पुरस्कार दिइने अध्यक्ष कलेलले पत्रकार सम्मेलनमा बताए ।
गौरीगंगा नगरपालिका वडा नम्वर ८ को रंगशाला बडैपुरमा हुने फुटवल प्रतियोगिताको माध्यमले मध्यवर्ती क्षेत्रमा नमुना रंगशाला बनाउने र मौलाउँदै गएको लागु औषध तथा दुव्र्यसनवाट जोगाएर युवाहरुलाई खेलतर्फ आकर्षित गर्ने उद्देश्य राखिएको छ । खेल तालिका र सहभागी टीमहरुको बारेमा प्रतियोगिताभन्दा अघि जानकारी दिइने आयोजक गौरीगंगा–११ स्पोर्टस क्लवले जनाएको छ ।
प्रतिक्रिया