बसुन्धरा–बालाजु सडकखण्डमा सरसफाइ

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
४१ पटक हेरिएको
Shares
बसुन्धरा–बालाजु सडकखण्डमा सरसफाइ

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान सरसफाइ गरिएको हो ।

काठमाडौँ, २४ भदौ । चक्रपथ क्षेत्रमा चल्ने सवारीसाधनलाई व्यवस्थित बनाउन बसुन्धरादेखि बालाजुसम्मको सडकमा सरसफाइ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौँ महानगरपालिका, ग्रिनसिटी अस्पताललगायत विभिन्न संघ संस्थाको आयोजनामा आज बिहान सरसफाइ गरिएको हो ।

सरसफाइको क्रममा महाशाखा, विभाग, महानगरपालिकालगायतका संघ संस्थाले सडकको किनारामा अवैधरुपमा सञ्चालन गरेका घरटहरा हटाउने, माटोको ढिस्का हटाउने, झाडी हटाउने, ट्राफिक संकेत राख्ने, बस बिसौनीको व्यवस्थालगायतका कार्य गरेका छन् ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सुन्दर र हराभरा चक्रपथ क्षेत्र निर्माण गर्नका लागि महाशाखाले विभिन्न संघ संस्थाको सहयोगमा तीन हप्तादेखि चक्रपथ सफाइ अभियान तीव्रताका साथ सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले शुरुको समयमा महाराजगञ्जदेखि कलंकीसम्म सरसफाइ गरिने र त्यसपछि काठमाडौँमा भित्री सडकमा सञ्चालन गरिने बताउनुभयो ।

महाशाखाले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखी उपत्यका भित्रिने र उपत्यकाबाट बाहिरिने मुख्य नाका कलंकी क्षेत्रमा सरसफाइ गर्ने तथा जथाभावी रोकेर यात्रु चढाउने तथा ओराल्ने सवारीसाधनमाथि विशेष निगरानी गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
अध्यक्ष प्रचण्डलाई किन भेटे तुलसीपुर उपमहानगरका मेयर पाण्डेले ?
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
नेपाल प्रहरीको उन्नति र प्रगतिमा सदैव सहयोगि भूमिका रहने छ,नवराज सिलवाल’
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
च्याम्पियन्स ट्रफि क्रिकेट स्फाइनलमा भारत पाकिस्तान, बंगलादेश ९ विकेटले पराजित
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
जुवाडेको कथा, काङ्ग्रेसको मति र मध्यावधीको राग
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
आगलागीमा जलेका घर नगरपालिकाले बनाइदिने
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
शिक्षामा समानताका लागि हिँडे ८०० युवा, टिच फर नेपाल फेलोसिप आवेदन खुला
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु
चट्याङ र करेन्ट लागेर २ जनाको मृत्यु
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आठ दिनपछि घटना सार्वजनिक
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
कोरोना भाइरसका कारण उपत्यका छाड्नेको सङ्ख्यामा वुद्धि
बिहीबार कस्तो छ तपाईंको राशिफल?
बिहीबार कस्तो छ तपाईंको राशिफल?