विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि अन्तिम टोलीको घोषणा

सारांश

  • काठमाडौं २३,फागुन।
  • यसै महिना विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरीएको छ।
  • नियमित कप्तान अनु लामा भने टीममा परीनन् ।

काठमाडौं २३,फागुन। यसै महिना विराटनगरमा हुने साफ महिला च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरीएको छ।नियमित कप्तान अनु लामा भने टीममा परीनन् । मुख्य प्रशिक्षक हरि खड्काले बिहीबार घोषणा गरेको २० सदस्यीय अन्तिम टोलीमा अनुको अनुपस्थितिमा निरु थापाले कप्तानी सम्हाल्नेछिन् ।

फागुन २८ देखि सुरु हुने साफ च्याम्पियनसिपमा नेपालको समूहमा भुटान र बंगलादेश रहेका छन् । अन्तिम टोलीमा ६ खेलाडी यू-१९ उमेर समूहको टोलीका सदस्य हुन् ।

नेपाली टोली

गोलरक्षक – एन्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ
डिफेन्डर – हिराकुमारी भुजेल, गीता राना, पुनम जर्घामगर, अमृता जैसी, कविता धिमाल, पुजा राना, मनमाया लिम्बु

मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मन्जली कुमारी योन्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी
फरवार्ड – रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?