झुक्काउलान है नक्कली डिएसपीले !
सारांश
- काठमाडौं ।
- काठमाडौंमै नक्कली डिएसपी बनेर ठग्दै हिड्ने एकजनालाई पक्राउ गरिएको छ ।
- महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिएर ठग्दै हिड्ने भक्तपुरका अनिल थापालाई पक्रेको हो ।
काठमाडौं । काठमाडौंमै नक्कली डिएसपी बनेर ठग्दै हिड्ने एकजनालाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी नायब उपरीक्षक (डिएसपी) बनेर धाकधम्की दिएर ठग्दै हिड्ने भक्तपुरका अनिल थापालाई पक्रेको हो ।
परिसरको टोलीले ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुराँमा डिएसपी हुँ भन्दै धाकधम्की दिँदै हिडिरहेका भक्तपुर बालकोटका ३५ वर्षीय थापालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कमलादीस्थित तिरुपति होटलमा विगत १४ दिनदेखि कोठामा बसेर आफू प्रहरीको बहालवाला डिएसपी भनी नक्कली परिचयपत्र देखाई आपराधिक क्रियाकलाप गर्दै आएको अनुसन्धानमा खुलेको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया