आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
आन्दोलनको उदगमस्थलमै मधेसी दललाई सकस ..

सारांश

  • २५ भदौ, काठमाडौं ।
  • सिरहा सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे ।
  • यादव परिवारले उनलाई हप्काएर पठाए ।

२५ भदौ, काठमाडौं । सिरहा सुखीपुर नगरपालिकाका संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार लक्ष्मण चौधरी शुक्रबार मत माग्दै कृष्णबहादुर यादवको घर पुगे । यादव परिवारले उनलाई हप्काएर पठाए ।

साँझ घर फर्केका यादव चौधरी मत माग्न आएको परिवारले जानकारी दिएपछि थप आक्रोसित बनेका थिए । उनले भने ‘कुनै बेला ममाथि २८ वटा मुद्दा लगाउने यी पूर्वपञ्चलाई म कसरी फोरम हो भनेर मत दिने ।

०६३ माघको पहिलो मधेस विद्रोहका बेला यादव लहानमा आन्दोलनको नेतृत्वकर्तामध्येका हुन् । ५ माघ ०६३ मा सिरहाको लहानमा रमेश महतोको मृत्यु भएपछि पहिलो मधेस आन्दोलन चर्किएको थियो । आन्दोलनको कृष्णबहादुरले नै लहानमा नेतृत्व गरेका थिए ।
उपेन्द्र यादवको कार्यशैलीप्रति असहमति जनाउँदै पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामै फोरम छाडेका यादव त्यसयता स्वतन्त्रपूर्वक जीवन बिताइरहेका छन् । पहिलो मधेस आन्दोलन तथा गौरकाण्डपछि उनीमाथि अझै ५ वटा मुद्दा चलिरहेको छ ।

‘आन्दोलन गरी फोरमलाई राजनीतिक शक्ति बनाउने हामी आज त्यतिकै बरालिएका छौं । जिन्दगीभर राप्रपामा रहेका लक्ष्मण चौधरी हाम्रो नगरपालिकामा फोरमबाट मेयरको टिकट पाएका छन्’, यादवले आक्रोशयुक्त टिप्पणी गर्दै भने । चौधरी पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राप्रपाबाट फोरम प्रवेश गरेका थिए ।
लहान आन्दोलनबाटै राजनीतिक हैसियत पाएको फोरम नेपालको अवस्था चित्रित गर्दै यादवले भने, ‘फोरम टिक्दैन भनेर पहिलो संविधानसभालगत्तै मैले गरेको भविष्यवाणी अहिले मिल्दै गएको छ ।’

दुईवटा मधेस विद्रोहपछि ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल सिरहा र सप्तरीका ९० प्रतिशत सिटमा विजयी भएको थियो । ६ वटा निर्वाचन क्षेत्र भएको सिरहाबाट ५ वटामा फोरम विजयी भएको थियो भने सप्तरीका ६ मध्ये ४ सिटमा फोरमकै उम्मेदवार विजयी भएका थिए । तर, यहाँ मधेसी दलको अवस्था खस्कँदै गएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajesh Kumar

    hosiyaar….???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
मेसीका बालक फ्यानलाई टुक्रा टुक्रा पर्ने तालिबानको धम्की
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
रास्वपाका सभापति लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्च म्यानेजर्स कन्फरेन्स सम्पन्न,उत्कृष्ठ १ सय एजेन्ट र एजेन्सी म्यानेजर नगदसहित पुरस्कृत
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
इटालीको चिनो: जहाँ यसरी बन्छ विश्वकप ट्रफी
जेठ ७ गतेको राशीफल थाहा पाउनुस, कुन राशीले आज के गर्दा उत्तम ?
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
ओली हटाउने प्रचण्ड डिजाइन तुहियो
काठमाडौँ उपत्यका खतराको सूचीमा
काठमाडौँ उपत्यका खतराको सूचीमा
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण
राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण