संसद विघठनको तयारी,नयाँ कदम चाल्दै प्रधानमन्त्री प्रचण्ड!
सारांश
- सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा संसद विघठनको छलफल सुरु भएको छ ।
- प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा संसद विघठनको छलफल भइरहेको स्रोतले बताएको छ ।
- राजनीति परिस्थिति माओवादी केन्द्रको नियन्त्रणभन्दा बाहिर जाने लागेको भन्दै प्रधानमन्त्रीले संसद विघठन गर्दा के हुन्छ ?
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रमा संसद विघठनको छलफल सुरु भएको छ । प्रधानपमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा संसद विघठनको छलफल भइरहेको स्रोतले बताएको छ । राजनीति परिस्थिति माओवादी केन्द्रको नियन्त्रणभन्दा बाहिर जाने लागेको भन्दै प्रधानमन्त्रीले संसद विघठन गर्दा के हुन्छ ? भनेर छलफल अघि बढाएका छन् । स्थानिय चसनाव हुन नसक्ने पक्का भएपछि संसद विघठन गरेर अगाडी बढ्ने उनको तयारी छ । संसद विघठन गर्ने, स्थानिय चुनाव पछि सार्ने र ६ महिनापछि कात्तिकमा संसद र स्थानिय चुनाव एकैपटक गराउनेमा छलफल भइरहेको एक नेताले दावी गरे ।
प्रधानमन्त्रीलाई संसद बिघठन गरि निर्वाचन गराउने अधिकार पनि हुन्छ । २०४६ साल पछिका सबै संसद समय नपुग्दै बिचैमा विघठन भई मध्यावधि निर्वाचन भएको इतिहास छ । २०५९ जेठ ८ गते शेरबहादुर देउवाको शिफारिसमा राजाबाट २०४७ को संबिधानको धारा ५३ को उपधारा ४ बमोजिम संसद विघठन भएको थियो । स्थानिय चुनाव हुने आधार कमजोर भएको, संसोधन प्रस्ताव पारित हुने सम्भावना नदेखिएको, राप्रपाले सरकार छाड्ने, महाअभियोग प्रस्तावको विपक्षमा माहोल बनेको लगायतका कारणलाई संसद विघठनको आधार बनाइएको छ ।
प्रतिक्रिया