पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पार्टी एकता एकातिर, प्रचण्ड पोखरातिर !

सारांश

  • पोखरा, २२ बैशाख ।
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज पोखराका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन् ।
  • शुक्रबार पोखरा आईपुगेका अध्यक्ष प्रचण्ड आज बिहान १० बजे माओवादी केन्द्र प्रदेश नं.

पोखरा, २२ बैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज पोखराका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन् ।

शुक्रबार पोखरा आईपुगेका अध्यक्ष प्रचण्ड आज बिहान १० बजे माओवादी केन्द्र प्रदेश नं. ४ द्वारा आयोजित कार्ल मार्क्स जन्म द्विशतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड भोलिमात्रै काठमाडौं जाने कार्यक्रम रहेको छ । त्यसैगरी उहाँले प्रदेश नं. ४ का पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट पनि गर्ने छन् ।

एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रियालाई टुँगोमा पुर्याउनेगरि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता चलिरहेको बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पोखरा आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?