बाँकेमा फेरि ६ जनामा कोरोना भाइरस पुष्टि

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २१, २०७७
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
  • स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.

बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आइतबार साँझ नेपालगन्जका १६, २१, ३४ वर्षीय पुरुष र ४०, ५५ र ६० वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । उनीहरु सबैको भेरी अस्पताल, नेपालगन्जको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आइतबार दिउँसो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नेपालगन्जमा पाँच पुरुष र चार महिला गरेर ९ जनाका कोरोना पोजिटिभ देखिएको जानकारी गराएका थिए । यो सँगै नेपालगन्जमा एक्कै दिन १५ जनामा कोरोना पोजिटिभ देखिएको छ । नयाँ संक्रमित थपिसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमितको यो संख्यामध्ये १६ जना भने निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १३ हजार चार सय १४ र आरडीटी विधिबाट ५९ हजार ६ सय ८९ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ८ सय ७९ जनाको नमुना परीक्षण भएको छ। प्रवक्ता देवकोटाका अनुसार अहिले २१ हजार ९ सय बढी क्वारेन्टाइनमा छन्। आइसोलेसनमा उपत्यकामा ४ र बाहिर ७३ गरेर ७७ जनाको उपचार भइराखेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?