बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • नयाँ दिल्ली: बिटक्वाइनको किनबेच गरेर कयौँ मानिस अहिले अर्बपतिको सूचीमा खडा भएका छन् ।
  • नेपालसहित विश्वका कयौँ देशमा लगातार प्रयोग बढिरहेको यो सिक्कालाई किन्न तँछाड मछाड गरिरहेका छन् ।
  • कयौँ मानिसले यसमा धमाधम लगानी बढाइरहेका छन् ।

नयाँ दिल्ली: बिटक्वाइनको किनबेच गरेर कयौँ मानिस अहिले अर्बपतिको सूचीमा खडा भएका छन् । नेपालसहित विश्वका कयौँ देशमा लगातार प्रयोग बढिरहेको यो सिक्कालाई किन्न तँछाड मछाड गरिरहेका छन् । कयौँ मानिसले यसमा धमाधम लगानी बढाइरहेका छन् ।

ती लगानीकर्तामध्ये एक हुन्, बलिउडका सुपरस्टार अमिताभ बच्चन । बिजनेस स्टान्डर्डको समाचार अनुसार बच्चन परिवारले बिटक्वाइनमा अढाई लाख डलर (२ करोड ५५ लाख रुपैयाँ) मेरिडियन टेक पीटीईमा लगानि गरेका थिए । अढाई सालमा यसको मूल्य १७.५ मिलियन डलर (१ अर्ब ७८ करोड ८७ हजार रुपैयाँ) भइसकेको छ । बिटक्वाइनको एउटा सिक्काको मूल्य विश्व बजारमा ६ लाख रुपैयाँ भन्दा धेरै रहेको छ ।

सन् २०१५ मा लगानी

बिजनेस स्टान्डर्डको रिपोर्ट अनुसार सन् २०१५ मा अमिताभ बच्चन र अभिषेक बच्चनले अढाई लाख डलर (करिब २ करोड ५५ लाख रुपैयाँ) मेरिडियन टेक पीटीईमा लगाएका थिए ।

यस फर्मको भाग्य तब बद्लियो, जब मेरीडियनको मुल सम्पत्ति जिड्डु डट कमलाई एक विदेशी कम्पनी लन्गफिन कर्पले किनिदियो । जब बच्चन परिवारले त्यो बेला जिड्डु डट कममा लगानी गरे तब त्यो एक क्लाउड स्टोरेज र ई-डिस्ट्रिब्यूशन स्टार्टअपका रुपमा परिचित थियो ।

दुई एकाउन्टबाट लगानी

बिजनेस स्टान्डर्डलाई मेरिडियन टेकका मालिक वेङ्कट श्रीनिवास मिनावलीले बताए अनुसार अमिताभ बच्चनले दुई एकाउन्टमार्फत कम्पनीमा लगानी गरेका थिए । एक एकाउन्ट अमिताभ बच्चनको नामको थियो । जसमा डेढ लाख डलर थियो ।

अर्को एकाउन्ट भने अमिताभ र अभिषेकको स‌ंयुक्त नाममा थियो । जसमा एक लाख डलर थियो । लन्गफिन कोर्पले बताए अनुसार आयात र निर्यातकर्ताले जिड्डु क्वाइनलाई बिटक्वाइनमा परिवर्तन गर्थे । त्यसपछि प्रयोग हुने पुँजी जस्तै यसको प्रयोग गरिन्छ ।
के हो बिटक्वाइन ?

पहिले तपाईँले बुझ्नुपर्ने कुरा भनेको बिटक्वाइन एक किसिमको डिजिटल पैसा नै हो । यसलाई विद्युतीय प्रणालीबाट बनाइन्छ । यो क्वाइन कुनै मानिसको हातमा हुँदैन, यसलाई विद्युतीय प्रणालीबाट राखिन्छ । रुपैयाँ जस्तै यसको छपाई हुँदैन । यसलाई कम्प्युटर मार्फत बनाइन्छ र धेरै सुरक्षित साथ यसलाई राख्ने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
विश्व क्रिकेट लिग च्याम्पियनसीप छनौटमा को परे को बाहिरिए ?
तीनवटा क्षेत्रको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै
तीनवटा क्षेत्रको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला
दैलेखमा हाइस दुर्घटना ३ जनाको मृत्यु, ७ घाइते
दैलेखमा हाइस दुर्घटना ३ जनाको मृत्यु, ७ घाइते
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
सेवाबाट अवकाश पाइसकेका डा. केसीले भने ‘माग पूरा नभए अनशन बस्छु’
वर्ष २०७९ : निर्वाचनको वर्ष
वर्ष २०७९ : निर्वाचनको वर्ष
मादल बनाएरै ७ लाख भन्दा बढीकाे अाम्दानी !
मादल बनाएरै ७ लाख भन्दा बढीकाे अाम्दानी !
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
“हाम्रो नेपाल ः हामी नेपाली, हामी जनताका सेवक” प्रधानमन्त्रीको प्रतिबद्धता
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
सामूहिक बलात्कारकी शिकार एवं एसिड हमलाकी पीडितमाथि पुनः फ्याँकियो एसिड
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज
प्रदेशिहरूकाे वेदना बाेकेकाे गित ‘नेपाल जाने साईलो दाई’ रिलिज

तपाईंले छुटाउनुभयो कि?