पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण

सारांश

  • झापा।
  • झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ।
  • यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो।

झापा। झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ। यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो। यो ट्रस ब्रिज रु ३३ लाख ७५ हजार आठ सय ७१ को लागतमा निर्माण भएको हो।

संघीय झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत २८ लाख ६९ हजार चार सय ९०, शिवसताक्षी नगरपालिकाको चार लाख ३८ हजार आठ सय ६३ र जनसहभागिता ६७ हजार पाँच सय १७ रहेको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए। चौबिस मिटर लामो ट्रस ब्रिज निर्माणमा प्राविधिक सहयोग सहारा नेपालले प्रदान गरेको उनले बताए। ट्रस ब्रिज निर्माणपश्चात् दोमुखमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि हुने अपेक्षा गरिएको उनले बताए।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको दोमुखामा पर्यटक लक्ष्यित सडकलगायत पूर्वाधार निर्माण भइरहेका छन्। यहाँ नगरपालिकासँगै प्रदेश र संघीय सरकारले पुल,सडकलगायत अन्य भौतिक पूर्वाधार निर्माणमा लगानी गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
नेपालमा कोरोना संक्रमितको संख्या नाघ्यो १० हजार, मृत्यु हुनेको संख्या २४
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
अभिनेत्री अमिषा पटेलको कार भयानक दुर्घटना भएको भन्दै समाचार फैलिएपछि‘
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
राजनीतिक हस्तक्षेप रहँदासम्म विश्वविद्यालयमा सुधार हुँदैन : नेता कोइराला
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
रियल मड्रिडको लगातार हार, नेइमारले बार्सिलोना छाडे रियललाई फाइदा पुग्ने रामोसको दाबी
राजविराज कारगारमा एक कैदीको मृत्यु
राजविराज कारगारमा एक कैदीको मृत्यु
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !
४४ वर्षमा पनि अविवाहित छिन् एकता कपुर यस्तो छ कारण !
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
कोपा अमेरिकाः कोलम्बियाको लगातार दोस्रो जित, पाहुना टोली कतार पराजित
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु
बालेन शाहको उम्मेद्वारी दर्ता, भन्छन् कांग्रेस एमालेको भोट काटेर जित्छु