महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १, २०७३
|
|
१९१ पटक हेरिएको
Shares
महाकाली यातायात समितिका पदाधिकारी प्रहरी नियन्त्रणमा

सारांश

  • भीमदत्तनगर-कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।
  • शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ ।

भीमदत्तनगर-कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली सेती यातायात समितिका पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यहाँबाट सञ्चालनमा आएको नमस्ते शुक्लाफाँटा प्रालिको एउटा बसमाथि आइतबार तोडफोड भएपछि उक्त पक्षले महाकाली समितिका नेतृत्वले तोडफोड गरेको दाबी गर्दै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले महाकाली समितिका वरिष्ठ उपाध्यक्ष पदमसिंह भाट, उपकारकोष उपाध्यक्ष डम्बर पन्त र महासचिव विष्णु कँडेललाई आइतबार साँझ नियन्त्रणमा लिएको हो ।

शुक्लाफाँटा प्रालिले समिति दर्ता गरी बस सञ्चालनमा ल्याएपछि बस समितिबीच विवाद बढेको छ । यहाँस्थित महाकाली सेती यातायात समिति र पवनदुत समिति सम्बद्ध मजदुरले शुक्लाफाँटाको ना ५ ख ४१५० नम्बरको बस तोडफोड गरेपछि पूर्व पश्चिम राजमार्ग समेत केहीबेर अवरुद्ध बनेको थियो ।

त्यसैगरी आफ्ना पदाधिकारीलाई नियन्त्रणमा लिएको विरोधमा आजदेखि महाकाली र पवनदुत बस समितिले यातायात बन्द गर्ने चेतावनी दिएको छ । शुक्लाफाँटाले प्रालिको अवधारण पूरा नगरेको र पूर्वी रुटमा चलेका पुराना गाडी समिति दर्ता गरेर यहाँ सञ्चालनमा ल्याएकोमा महाकाली र पवनदुत समितिले आपत्ति जनाउँदै आएको छ । उनीहरुले प्रालिले नयाँ बस ल्याउनुपर्ने भन्दै यातायात सञ्चालनमा अवरुद्ध पार्दै आएका छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो लगानीबाहेककाे बिजुली भारतले नकिन्ने
आफ्नो लगानीबाहेककाे बिजुली भारतले नकिन्ने
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
विमतिका कुरा छोडौँ, विवाद विल्कुलै आउँदैन
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेपालमा दर्ता नहुने सामाजिक सञ्जालको प्रयोग बन्द गरिने
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
नेतृत्व हस्तान्तरणको बहस निस्तेज पार्दै प्रचण्ड
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
माघ पहिलो साताभित्र नयाँ सरकार : सचिव ज्ञवाली
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
अर्को वर्ष वैशाख डे लुम्बिनीमै मनाउने प्रधानमन्त्रीको उद्घोष
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय