बाइस सयले बढ्यो सुन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
२६ पटक हेरिएको
Shares
बाइस सयले बढ्यो सुन

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ ।
  • यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८० हजार ५०० पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ८० हजार २०० निर्धारण गरिएको छ ।

महासङ्घका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला रु ७८ हजार ३०० र तेजाबी सुन प्रतितोला रु ७८ हजारमा खरिदबिक्री भएको थियो । यसैगरी नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला रु २० ले बढेको छ । चाँदीको मूल्य प्रतितोला रु ८८० पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेसँगै नेपालमा पनि त्यसको प्रभाव परेको महासङ्घले जनाएको छ ।

(https://www.newportworldresorts.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?