सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
सोमबार भगवानको शिवको नाममा व्रत बस्ने चलन कसरी सुरु भयो ?

सारांश

  • उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन् ।
  • व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन।
  • हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा ।

उपवास वा व्रत, हिन्दुधर्मालम्वीहरुले आफ्नो भाकलरप्रतिज्ञा पुरा गर्न गर्ने गर्दछन् । व्रत केवल शारिरीक स्वास्थ्यको दृष्टीबाट मात्र महत्वपुर्ण छैन। हप्ताका प्रत्येक दिन एक वा धेरै देवी देवताको लागि व्रत बस्ने प्रथा चलिआएको छ हिन्दु धर्ममा । यस्तैमा सोमबार भने सामान्यतया शिवको लागि समर्पित छ । सोमबारको व्रत सूर्य उदयसंगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पुजा तथा आराधना गरिन्छ। तर कुनै पनि पुजाको अगाडी गणेशको पुजा भने अनिवार्य नै छ। अझ साउन महिनाको सोमबारको व्रत फलदायी मानिन्छ ।

यो विश्वास गरिन्छ की , सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पुरा गर्दछ अनि ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

सोमबारको व्रतको चलन

सोमबार शिवको व्रत बस्ने चलनको पछाडी धेरै धार्मिक कथा र जनश्रुतिहरु चल्दै आएका छन् । यी कथाहरु मध्ये तीन कथाहरु बढी चर्चित छन् । पहिलो कथा एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ । दोस्रो, एक धनी व्यापारीको छ, जसको छोरा थिएनन् । लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो । कथा अनुसार शिव र पार्व्तिको कृपाले छोराको पुर्नजन्म भएको थियो । तेस्रोः शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ ।

कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रतक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरिरलाइ फाइदा पुर्याउँछ। व्रतको धारणा परापुर्वककालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाइ आकर्षित गर्न प्रयोग गर्थे। यसले शारिरीक स्वास्थ्यलाई नै राम्रो बनाउने हुँदा व्रत गर्ने आफैले नै अनुभव गर्नसक्ने हुँदा हजारौं वर्षसम्म पनि यो प्रथा चलिआएकै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
राप्रपा मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको आज सातौं दिन, ८ स्थानमा सभा हुने
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
आलेख : दाताको भरमा २२ शिक्षकलाई तलब !
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
रामेछापबाट विजयी भएका को हुन श्यामकुमार श्रेष्ठ
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
बुटवलको एक होटलमा किशोरी  मृत फेला, सँगै होटल पुगेका युवक फरार
बुटवलको एक होटलमा किशोरी मृत फेला, सँगै होटल पुगेका युवक फरार
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
मतदाता प्रभावित पार्न सडक सर्भे गरेको आरोप
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
नयाँ नक्साले बढाउँदै छ हिन्द-प्रशान्त क्षेत्रमा तनाव
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने
कुटुङसाङमा व्यवस्थित घरबास बन्ने

तपाईंले छुटाउनुभयो कि?