‘देवत्वकरणले गगनलाई बाबुराम बनाउँदैछ’
सारांश
- शिखरन्युज संबाददाता १८ कार्तिक, काठमाडौं।
- नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका महासचिव किरण पौडेलले देवत्वकरणले बाबुराम भट्टराईलाई सके जस्तै गरि कांग्रेसका युवा नेता गगन थापालाई पनि सक्ने बताएका छन्।
- संयुक्त बाम युवा संगठनद्वारा काठमाडौं क्षेत्र न ४ मा शनिबार आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले देवत्वकरणले बाबुराम भट्टराई जुन स्थानमा पुगेका छन गगन थापाको पनि भविष्य पनि भएको दावी थियो ।
शिखरन्युज संबाददाता १८ कार्तिक, काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका महासचिव किरण पौडेलले देवत्वकरणले बाबुराम भट्टराईलाई सके जस्तै गरि कांग्रेसका युवा नेता गगन थापालाई पनि सक्ने बताएका छन्।
संयुक्त बाम युवा संगठनद्वारा काठमाडौं क्षेत्र न ४ मा शनिबार आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै महासचिव पौडेलले देवत्वकरणले बाबुराम भट्टराई जुन स्थानमा पुगेका छन गगन थापाको पनि भविष्य पनि भएको दावी थियो ।
‘हिजो कुनै दिन यसै गरी देबत्वकरण गरिएका बाबुराम भट्टराई आज जंहा छन गगनजीको भबिष्य पनि त्यही हो,’ उनले भने, ‘राष्ट्रिय राजनीतिमा बाबुराम भट्टराईको सान्दर्भिकता सकिएको जस्तै हुन्छ । यो दिन आउन धेरै टाढा छैन ।‘
उनले विभिन्न शक्ति केन्द्रहरुले थापालाई योजनावद्ध रुपमा अघि बढाएको आरोप लगाए। काठमाडौं-४ को प्रतिनिधिसभा चुनावमा कांग्रेसको तर्फबाट पूर्व मन्त्री गगन थापा र बामपन्थी गठबन्धनको तर्फबाट एमालेका केन्द्रीय सदस्य डा राजन भट्टराई प्रतिस्पर्धामा रहेका छन्।
प्रतिक्रिया