वैशाखमा बन्ने आइजीपीका लागि रोचक दौड

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २, २०७८
|
|
४७ पटक हेरिएको
Shares
वैशाखमा बन्ने आइजीपीका लागि रोचक दौड

सारांश

  • नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिस भएलगत्तै भावी आइपीको दौड रोचक र प्रतिष्पर्धात्मक देखिने भएको छ ।
  • बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् ।
  • एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक पनि भावी आइजीपीको दाबेदार बनेका छन् ।

नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिस भएलगत्तै भावी आइपीको दौड रोचक र प्रतिष्पर्धात्मक देखिने भएको छ । बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् । एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक पनि भावी आइजीपीको दाबेदार बनेका छन् । उनीहरु एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको ब्याची हुन् ।

आइजीपी शैलेश थापा क्षेत्री १९ वैशाख २०७९ मा ३० वर्षे सेवा अवधिका कारण घर जाँदैछन् । अहिलेको प्रहरीको ३० वर्षे नियमावली अनुसार आइजीपी क्षेत्रीसँगै एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की पनि सेवानिवृत्त हुनेछन् । १ चैत्रमा एआइजी बढुवामा सिफारिश भएका वसन्त पन्त पनि ३० वर्षे सेवा अवधिका कारण घर जानेछन् ।

एआइजीहरुमध्ये हाल एक नम्बरमा रहेका विश्वराज पोखरेल, सहकुल थापा र धीरज प्रताप सिंहबीच प्रतिष्पर्धा हुने देखिन्छ । रविन्द्र धानुक पनि प्रतिष्पर्धामा देखिनेछन् । पोखरेल र थापाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बढुवाको अवसर पाएका थिए ।

दरबन्दी समेत बढाएर उनीहरुलाई बढुवा गरिएको थियो । धीरज प्रताप सिंहले शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दरबन्दी बढाएर बढुवाको अवसर पाउन लागेका छन् । यसकारण उनलाई देउवाको साथ रहेको देखिन्छ । सिंह सुदूरपश्चिमका हुन् ।

देउवाले आफ्नो क्षेत्रकालाई निकै संरक्षण गर्ने शैली देखाउँदै आएका छन् । विगतमा जयबहादुर चन्दलाई आइजीपी बनाउन देउवाले ठूलै संघर्ष गरेका थिए । त्यतिबेला उनी डिआइजी हुँदा तेस्रो वरियतामा थिए ।

स्थानीय निकायको चुनाव ३० वैशाखमा हुने भएकाले अब हुने आइजीपीको कार्यकाल महत्वपूर्ण हुनेछ । अबको आइजीपीको पालामा तीन तहको चुनाव हुँदैछ ।

यसकारण पनि आइजीपीमा देउवाले आफूले चाहेको एआइजीलाई बढाउन सक्छन् । सिंह यसकारण पनि उत्साही रहेको बुझिएको छ । उनलाई बालुवाटारबाट ग्रिन सिग्नल पुगिसकेको विश्वस्त स्रोतले जनाएको छ ।

आइजीपीको बलिया दाबेदार विश्वराज पोखरेल पनि अहिले देखि नै सक्रियता बढाइरहेका छन् । उनी डिआइजी र एआइजी हुँदा आफ्ना ब्याचीमध्ये सर्वप्रथम बढुवा भएका थिए ।

उनले सिनियरहरुलाई नै पछि पारेका थिए । सहकुल थापाले पनि सिनियरलाई पछि पारेका थिए । यसकारण आइजीपीको दौड रोचक मोडमा पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
जारको पानीमा मानव मलमुत्रमा पाइने कोलिमर्फ
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
साढे नौ हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
श्रीया सुनार हत्याका अनुसन्धानकर्ता प्रमुख प्रहरी नायव उपरिक्षक नविन कार्की सम्मानित
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
नेपाललाई हराउँदै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसीपको उपाधि
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
शनिवार बौद्धनाथ परिसरमा रक्तदान कार्यक्रम गर्दै लायन्स क्लब अफ शेर्पाज
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
गठबन्धन-लोसपाबीच मधेश प्रदेशमा मात्र तालमेल, प्रतिनिधिसभातर्फ ७ सिट पायो
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जना सर्वसाधारणको मृत्यु
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !
अर्थमन्त्रीलाई असफल बनाउने कर्मचारीको प्रयास !