बाग्लुङमा ‘एक घर एक धारा’ अभियान !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
बाग्लुङमा ‘एक घर एक धारा’ अभियान !

सारांश

  • बागलुङ, २३ असोज ।
  • बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ ।
  • नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ ।

बागलुङ, २३ असोज । बागलुङ नगरपालिकाले खानेपानीको सहज आपूर्तिका लागि ‘एक घर एक धारा’ अभियानलाई तीव्रता दिएको छ । नगरले आगामी पाँच वर्षभित्र नगरका सबै घरमा धारा जोड्ने अभियानअन्तर्गत वडा नम्बर ८ सिगानका ४४ घरधुरीमा धारा जडान गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ मा सिगानाको लागि एक घर एक धारा अभियानलाई विनियोजित गरेको रु पाँच लाख बजेटमा धारा निर्माण सम्पन्न गरेको वडाध्यक्ष राजन जिसीले बताए । “पानीको सहज आपूर्तिका लागि तीन वर्षभित्र सिङ्गो वडालाई नै एक घर एक धारा पु¥याउने लक्ष्य लिएका छौँ” जिसीले भने ‘‘खानेपानीका लागि घण्टौँ हिँडेर आउजाउ गर्ने समय वचत भएको छ ।”

सिगानाको छरछरे खानेपानी आयोजनामार्फत हवल्दार थर, थापाथर र नौमुरेका ४४ घरपरिवारलाई एक–एक धारा जडान गरिएको हो । घरमै पानीको धारा आउँदा स्थानीय पनि हर्षित भएका छन् । सामुदायिक धारा तथा कुवाको पानी लिन जाने स्थानीयलाई घरमै धारा जडानपछि समयको वचत भएकोे छरछरे खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष रेशम थापाले बताए । आयोजनामा १८ घनमिटरको एउटा ट्याङ्की निर्माण गरी तीनवटा टोललाई छुट्टाछुट्टै शाखामा विभाजन गरी ‘गे्रयाभिटज’ प्रविधिबाट ४४ वटा धारामा पानी वितरण गरिएको आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए ।

नगरले हालै बानपा–७ ढिकीचौरमा १६५ धारा, कुँडुलेमा ११९ धारा जडान गरी पानी वितरण भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । हाल बानपाभित्रका ५०० घरधुरीमा एक घर एक धारा आयोजना निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजनाका इञ्जिनीयर गौरव शर्माले बताए । शर्माले पानीको स्रोत भएको ठाउँमा पनी खेर जाने र स्रोत नभएको ठाउँमा समस्या भएको भन्दै स्रोतलाई व्यवस्थित गरी प्रत्येक घरमा धारा वितरण गर्दा पानीको आपूर्ति सहज हुने बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
२५ वर्षपछि मनिषा र ज्याकी एकसाथ चलचित्र “प्रस्थानम” मा देखिने भएका छन्
जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !
जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
हेटौँडामा राष्ट्रिय औद्योगिक मेला
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण
चीनले बनायो बिना चार्ज ५० बर्षसम्म चल्ने ब्याट्री
चीनले बनायो बिना चार्ज ५० बर्षसम्म चल्ने ब्याट्री
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल
सुशान्तसँग चुरोट पिएको सारा अलि खानको भिडियो भाइरल