जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
४२ पटक हेरिएको
Shares
जुत्ता नलगायर सवारी चलाउदा लाइसेन्स खारेज !

सारांश

  • इलाम, ११ असाेज ।
  • दुर्घटना हुँदै नहोस् ।
  • सबैले यही चाहेका हुन्छन् ।

इलाम, ११ असाेज । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाइसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि ।

यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन इलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो ।

दशैं तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याइएको हो । चालकले जुत्ता नलगाएर सवारी चलाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ