‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
२८ पटक हेरिएको
Shares
‘कम्युनिष्ट नेताहरुले आफैंलाई सिध्याउने रहेछन’ : प्रचण्ड

सारांश

  • भक्तपुर, ९ फागुन ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन्।
  • आज बिहान भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

भक्तपुर, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्ट नेताहरुले व्यवहारमा पनि आदर्श देखाउन आवश्यक रहेको बताएका छन्। आज बिहान भक्तपुरमा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने,‘कम्युनिष्ट पार्टीको नेतृत्वनै आफ्ना आदर्शबाट च्युत भई आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ आफैंले आफैंलाई सिद्धाउने रहेछन् ।’उनले कम्युनिष्टहरु सत्तामा नहुँदा, क्रान्तिमा हुँदा त्याग गर्न सक्ने तपस्या गर्न सक्ने, जनता जहाँ बस्छन्, त्यहाँ बस्ने सक्ने, जनताले जे खान्छन् त्यही खान सक्ने, तर सत्ता प्राप्त गरेपछि त्यो आदर्शबाट विचलित हुने गरेको बताए। उनले कम्युनिष्ट आदर्शको राजनीतिलाई फेरि एकपटक स्थापित गर्नुपर्ने धारणा राखे।

‘हिजो मृत्युलाई सामना गरेर, जेलनेल, यातना र भयलाई समेत वास्ता नगरेर जनताको मन जित्ने, तर शासन हातमा आएपछि अर्कै अर्कै, यो सबैभन्दा बढी २० औँ शताब्दीमा देखिएको थियो । कम्युनिष्ट पार्टीका नेताहरु आदर्शबाट च्यूत भएपछि, शासनबाट बाहिरिन त्यहाँ पूँजीपति चाहिन्न। बन्दुक पनि चाहिन्न । आफैंले आफैंलाई सिध्याउने रहेछन,’–अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
मूख्य रजिस्ट्रारमा राजन भट्टराईको नाम सिफारिस
सप्तरी–३ मा काँग्रेसको अग्रता
सप्तरी–३ मा काँग्रेसको अग्रता
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
विज्ञापननै छापेर उपचारकाे नाममा भ्रमकाे खेती !
हात्तीमा स्टीकर टाँस्दै भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’
हात्तीमा स्टीकर टाँस्दै भनियो ‘बुद्ध वाज बर्न इन नेपाल’
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
सरकारको अलोकप्रिय कदमकै कारण नागरिकको भरोसा गुमाउँदै गएको दाबी
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
पाँचाै चन्द्रौटा महोत्सवको तयारी पुरा, कृषि,पर्यटन र उद्योगमा जोड
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
झ्याप्प झ्याप्प विद्युत् काटिएपछि समाधान खोज्दै कुलमान
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
अपांगमैत्री ट्याक्सी प्रयोगमा ल्याउँदै ललितपुर महानगरपालिका
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा
भरतपुर मतदानका लागि तयारी सुरु, दलहरू आफ्ना उम्मेदवारले जित्ने रणनीति बनाउन आन्तरिक गृहकार्यमा

तपाईंले छुटाउनुभयो कि?