बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह

सारांश

  • काठमाडौं ।
  • केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराइका जिल्ला आएको बाढीबाट पीडित बनेकाहरुको उद्दार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ ।
  • १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरु बाढी पीडितको सहयोग तथा उद्दारमामा लागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था गरिरहेका छन् ।

काठमाडौं । केहिदिन देखि परेको अबिरल बर्षाका कारण तराइका जिल्ला आएको बाढीबाट पीडित बनेकाहरुको उद्दार तथा सहयोगमा लाग्न नेपाल जेसिजले आब्हान गरेको छ । १३८ शाखाका ५ हजार भन्द धेरै सदस्यहरु बाढी पीडितको सहयोग तथा उद्दारमामा लागि सकेका छन् भने खाद्यान्न, कपडा, त्रिपाल र पिउने पानीको ब्यबस्था गरिरहेका छन् ।

कतिपय स्थानमा खाना पकाएर खुवाइरहेको जानकारी दिदैं नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारील झापा, मोरङ, सुनसरी, टीकापुर, चितवन, हेटौंडा लगायतको क्षेत्रमा आफ्ना सदस्यहरु उद्धार कार्यमा लागिरहेको बताए । अध्यक्ष अधिकारीले काठमाडौंमा रहेको जेसिजका शाखा र बिभिन्न संघ संस्थाहरु सँग समन्वय गरेर राहत संकलन र बितरण शुरु गरिसकेको जानकारी दिए ।

नेपाल जेसिजबाट पाउने सुबिधाको रकमबाट बाढी पीडितकालागि खर्च गर्ने घोषणा गर्दै अध्यक्ष अधिकारीले तन मनबाट बाढीपिडितको सहयोगमा लाग्न जेसिज सदस्यहरुलाइ आग्रह गरे ।

केन्द्रिय पदाधिकारीहरुले उद्धारको कार्यलाई प्रभाबकारी बनाउन सम्बधित स्थानमै खटिएर कार्य गरिरहेका छन् । बाढी पीडितका लागि सक्दो सयहोग गर्न नेपाल जेसिजले सर्बसाधारणलाइ आग्रह गरेको छ ।

नेपाल जेसिजले यसअघि भुकम्प पीडितहरुलाई स्वतस्र्फुत संकलन भएको ३ करोड बराबरको सामानहरु उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?