म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
३१ पटक हेरिएको
Shares
म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः विना विभागीयमन्त्री शाही

सारांश

  • काठमाडौँ, ८ पुस ।
  • विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

काठमाडौँ, ८ पुस । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले यही पुस ७ गतेका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उनले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उनले भनेका छन् ।

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना प्रकट गर्दछु उल्लेख छ ।

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उहाँले सबैमा आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?