बाथरुममा लडेर सभामुख गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बाथरुममा लडेर सभामुख गम्भीर घाइते

सारांश

  • पोखरा २९ वैशाख, ४ नम्बर प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी घरकै बाथरुममा लडेर घाइते भएका छन् ।
  • शुक्रबार उनी बाथरुममा लडेर गम्भीर टाउकोमा लागेर गम्भीर चोट लागेको छ ।
  • आफ्नै घरमा बाथरुम जाने क्रममा उनी लडेका थिए ।

पोखरा २९ वैशाख, ४ नम्बर प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी घरकै बाथरुममा लडेर घाइते भएका छन् । शुक्रबार उनी बाथरुममा लडेर गम्भीर टाउकोमा लागेर गम्भीर चोट लागेको छ ।

आफ्नै घरमा बाथरुम जाने क्रममा उनी लडेका थिए । घाइते भएपछि उनलाई उनलाई नजिकैको फेवासिटी अस्पताल लगिएको थियो । त्यसपछि मणिपाल शिक्षण अस्पताल लैजान सिफारिस गरेपछि हाल मणिपालको सघन उपचार कक्षमा भर्ना जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

शुक्रबार नै काठमाडौं लगेर हेलिकोप्टर उपलब्ध नहुँदा पोखरामै राखिएको छ । अधिकारीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भैरहेको उनले बताए । सभामुख अधिकारीको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएको संयोजक अधिकारीले बताए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    किलिनरलाई जेल हाल

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?