आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ २१, २०७६
|
|
५४ पटक हेरिएको
Shares
आइफा अवार्ड गर्ने निर्णयबाट पछि नहटेको सरकारको दावी

सारांश

  • सरकारको अपरिपक्वताका कारण विवादित बनाईएको आईफा अवार्डको नेपालमा हुने आयोजनालाई लिएर देश तथा विदेशमा समेत टिकाटिप्पणी हुन थालेको छ ।
  • भारतको फिल्म उद्योगमा निकै प्रतिष्ठित मानिएको यो अवार्ड आयोजना गर्न विभिन्न शक्ति राष्टहरु नै हानाथाप गर्छन् ।
  • तर, नेपालमा भारतले सद्भाव देखाएर अवार्ड आयोजना गर्न खोज्दा पनि नेपालका केही खोक्रो राष्टवाद बोक्नेहरुले चर्को स्वरमा विरोध जनाए ।

सरकारको अपरिपक्वताका कारण विवादित बनाईएको आईफा अवार्डको नेपालमा हुने आयोजनालाई लिएर देश तथा विदेशमा समेत टिकाटिप्पणी हुन थालेको छ । भारतको फिल्म उद्योगमा निकै प्रतिष्ठित मानिएको यो अवार्ड आयोजना गर्न विभिन्न शक्ति राष्टहरु नै हानाथाप गर्छन् ।तर, नेपालमा भारतले सद्भाव देखाएर अवार्ड आयोजना गर्न खोज्दा पनि नेपालका केही खोक्रो

राष्टवाद बोक्नेहरुले चर्को स्वरमा विरोध जनाए । जसकार कारण सुरुवातमै यो अवार्ड आयोजनालाई लिएर पक्ष तथा विपक्षमा आवाजहरु उठेका थिए । भारतीय फिल्मको प्रचारको लागि नेपाल सरकारले एक अर्व लगानी गर्न खोज्यो र जनताको करलाई दुरुपयोग गर्न लाग्यो भनेर आवाज उठाएपछि संघीय संसदको समितिले पनि तत्काल उक्त अवार्ड नगर्न निर्देशन दिएको खबर बाहिरिएको थियो ।

त्यसको भोलिपल्टै नेपाल पर्यटन बोर्डका सिईओ दिपकराज जोशीले यो वर्ष नेपालमा आईफा अवार्ड हुने भनेर छापामार शैलीमा सन्देश प्रवाह गरे । तर, सरकारको यस्तो निर्णयले विश्वभरि नेपालको छबि धुमिल हुने निश्चित् भएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले यो विषयमा विशेष चासो लिएका छन् । उनले आजमात्रे पनि उक्त अवार्ड गराएरै छोड्ने अठोट लिएका छन् ।

ओलीमात्रै नभएर, नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णयबाट सरकार पछि नहटेको स्पष्ट पारिसकेका छन् । विराटनगरएका एक कार्यक्रममा भाग लिन पुगेका बेला मन्त्री ढकालले आइफा अवार्ड गर्ने निर्णयबाट सरकार पछि हटेको भन्ने कुरा सत्य नभएको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
आउने भयो सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) अब द्रुतगतिमा बिकास निर्माण हुने
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
​कसैको आग्रह र स्वार्थमा संविधान संशोधन हुँदैनः अध्यक्ष ओली…
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
सप्तरीको मलेठ नजिकै बन्दकर्ताले एउटा बस जलाए
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
प्रधानमन्त्री देउवाद्वारा डडेल्धुरामा मतदान
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
सिंगापुरमा रहेका प्रधानमन्त्री भिडियो कन्फ्रेन्समार्फत गरे मन्त्रिपरिषद बैठकको अध्यक्षता
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई
मिस मगर इन्टरनेशनलको उपाधि प्रतिमालाई