फेरि पहिरोले रोक्यो नारायणगढ मुग्लिन सडक

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ११, २०७५
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • चितवन, ११ असार – नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्दा आज बिहानैदेखि बाटो अवरुद्ध बनेको छ ।
  • सडकको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेबाट सडक अवरुद्ध भएको हो ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ ।

चितवन, ११ असार – नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्दा आज बिहानैदेखि बाटो अवरुद्ध बनेको छ । सडकको तीन ठाउँमा पहिरो खसेपछि आज बिहान साढे २ बजेबाट सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकखण्डको चारकिलो, चोरखोला र कालीखोलामा पहिरो खसेको छ । चारकिलोमा पहिरो खसिरहेको र केही ठूलो भएकाले पन्छाउन कठिन भएको प्रहरीले जनाएको छ ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडक खण्ड हो ।

सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुइँ कालोपत्रे भएको भए पनि वर्षातको समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?