१५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
१५/१५ दिनमा ‘जनतासँग मुख्यमन्त्री’

सारांश

  • विराटनगर : प्रदेश १ को मन्त्रिपरिषद्ले चाँडै लोकप्रिय हुने किसिमका कार्यक्रम अघि सारेको छ।
  • मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार अपराह्न बसेको दोस्रो बैठकले पाँचवटा निर्णय गरेको छ।
  • ‘जनतासँग मुख्यमन्त्री’ र ‘जनतासँग प्रहरी’ नाम दिइएका दुई कार्यक्रमलाई प्रदेश सरकारले चाँडै चर्चा पाउने ढंगबाट अघि बढाउने तयारी गरेको हो।

विराटनगर : प्रदेश १ को मन्त्रिपरिषद्ले चाँडै लोकप्रिय हुने किसिमका कार्यक्रम अघि सारेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार अपराह्न बसेको दोस्रो बैठकले पाँचवटा निर्णय गरेको छ।

‘जनतासँग मुख्यमन्त्री’ र ‘जनतासँग प्रहरी’ नाम दिइएका दुई कार्यक्रमलाई प्रदेश सरकारले चाँडै चर्चा पाउने ढंगबाट अघि बढाउने तयारी गरेको हो। जनतासँग मुख्यमन्त्री पाक्षिक टेलिफोन संवाद सुरु गर्ने, जनतासँग प्रहरी अभियान चलाउने, कानुन मस्यौदा समिति, भौतिक विकास समिति र सुशासन तथा सदाचार समिति गठन गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईले जानकारी दिए।

‘प्रदेशका सर्वसाधारणले आफ्ना समस्या सोझै मुख्यमन्त्रीलाई राख्न पाउनेछन्’, मुख्यमन्त्री राईले पत्रकार सम्मेलनमा भने, ‘त्यस्ता समस्या समाधानमा तत्काल पहल गर्नेछु।’

उनका अनुसार नागरिकको सुरक्षा र सम्मानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उद्देश्यले जनतासँग प्रहरी अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो। यो अभियानअन्तर्गत प्रदेशका सबै घरमा स्टिकर टाँसिनेछ, जसमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको फोन नम्बर हुनेछ। कुनै ठाउँमा घटना भए एक घण्टाभित्र प्रहरी घटनास्थल पुग्नेछन्।

‘सहरी क्षेत्रमा भए घटना वा दुर्घटना भएको सूचना प्राप्त गरेको आधा घण्टाभित्र प्रहरी घटनास्थलमा पुग्नेछन्। गााउँमा भए एक घण्टा’, उनले भने। एक महिनाभित्रै घरको विवरण लिने र त्यसलगत्तै स्टिकर टाँस्ने तयारी सरकारले गरेको छ।

प्रदेश सरकारले आवश्यक कानुनको मस्यौदा तयारीलगायत काम पनि तत्कालै गर्नुपर्ने भएकाले तीनवटा समिति गठन गरिएको उनले सुनाए। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवको संयोजकत्वमा कानुन मस्यौदा समिति, भौतिक निर्माण मन्त्रालयका सचिवको संयोजकत्वमा भौतिक विकास समिति र मुख्यमन्त्रीको कार्यालयका सचिवको संयोजकत्वमा सुशासन तथा सदाचार समिति गठन गरिएको हो।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि तयारी थालिएको उनले जानकारी दिए। प्रदेशको अस्थायी मुकाममा रहेका पूर्वाधारमा अहिले काम भइरहेको र स्थायी राजधानीको विषयमा के हुने भनेर बोल्ने बेला नभएको उनको भनाइ थियो।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Saud Krishna

    काम छैन टाइमपास त गर्नु पर्यो नि
    भत्ता पचाउनु पर्यो
    हुने काम गर्दैनन
    बिकास गर्ने हो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?