तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
तरकारीको विषयमा सरकारलाई सर्वोच्चको यस्तो आदेश

सारांश

  • काठमाडौं, माघ १७ ।
  •  सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।
  • न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।

काठमाडौं, माघ १७ । सर्वोच्च अदालतले तरकारीमा जथाभावी कीटनाशक औषधि प्रयोग गर्ने तथा त्यस्तो तरकारी उपभोक्तासमक्ष पुर्याउने कार्यमा तत्काल रोक लगाउन नेपाल सरकारको नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु पुरुषेत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले तरकारीमा विषाक्त औषधि राखी उपभोक्तामा पुर्याउने कार्यमा रोक लगाउन उचित प्रक्रिया थाल्न सरकारका नाममा आदेश दिएको हो ।

किसान तथा व्यापारीले विषादी प्रयोग गरेको तरकारी बजारमा पठाउने चलनले मानव स्वास्थ्यमा असर परेको भन्दै त्यस्तो कार्य रोक्न मागसहित सार्वोच्चमा निवेदन परेको थियो ।

निवेदनमा अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट यस्तो कार्यमा रोक लगाउन आवश्यक बन्दोबस्त मिलाउन सोमबार निर्देशनात्मक आदेश जारी भएको छ ।

कानुन कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको उललेख गर्दै सर्वोच्चले कानुन कार्यान्वयनमा कडाइ गर्न सरकारी निकायलाई आदेश दिएको छ ।

फैसलाको पूर्णपाठ भने पछि सार्वजनिक हुने सर्वोच्चले जनाएको छ । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा यो खबर छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?