१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २, २०७४
|
|
२४ पटक हेरिएको
Shares
१४ वर्षीया बालिकाले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि…

सारांश

  • मनिष खड्का रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन ।
  • आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे ।
  • १४ वर्षकै कलिलो उमेरमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेकी निमालाई देखेर सबैजना अचम्मित भए ।
  • मनिष खड्का

रुकुम मुसीकोटकी १४ वर्षिया निमा (नाम परिवर्तित) गत जेठ १६ मा जिल्ला अदालत पुगिन । आफन्तसहित अदालत पुगेकी उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा उनलार्इ हेर्नेकाे लामै भिड लाग्याे ।

१४ वर्षकै कलिलो उमेरमा सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गर्न अदालत पुगेकी निमालाई देखेर सबैजना अचम्मित भए । अझ अचम्मको कुरा त उनको २ महिना अघिमात्र रोल्पाको दुईखोली गाउँपालिकाका १७ वर्षीय बालकसँग बाल विवाह भएको थियो ।

विवाह भएको केही दिन पछिनै उनीहरुबिचमा खटपट सुरु भएको आफन्त बताउँछन् । एकआपसमा मेलमिलाप हुन नसकेपछि सम्बेन्ध विच्छेदको मुद्दा लिएर जिल्ला अदालतमा आएको जिल्ला न्यायधिश डण्डपानी शर्माले बताए । न्यायधिश शर्माका अनसार, उनको मुद्धा हाल बहसकै क्रममा छ । निमा जस्ता बालिका सम्बन्ध बिच्छेदका मुद्दा लिएर जिल्ला अदालतमा आउने क्रम बढेको न्यायधिश शर्मा बताउँछन् ।

उनका अनुसार, गत आर्थिक वर्ष २०७३/०७४ मा सम्बन्ध बिच्छेद गराउन आउने कूल महिलाको ५० प्रतिशत २० वर्ष मुनिका किशोरी तथा बालिका छन् ।

जिल्ला अदालतमा एक वर्षको अवधिमा दर्ता भएका मध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा छन् । जिल्ला अदालतमा गत आर्थिक वर्षमा कूल एक सय ६७ ओटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए ।

यीमध्ये एक सय ४५ मुद्दा फछ्र्यौट भएको र २२ ओटा मुद्दा यस आर्थिक वर्षका लागि सरेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, १४ वर्षका बालिका देखि ५३ वर्षसम्मका महिलाले सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका छन् ।

बैदेशिक रोजगार र बालविवाह सम्बन्ध बिच्छेदको कारण बन्दै

जिल्लामा सम्बन्ध विच्छेदको सबैभन्दा ठूलो कारण बैदेशिक रोजगार र बालविवाह रहेको जिल्ला न्यायाधीश शर्माले बताए । त्यस्तै जनचेतनाको अभावमा पनि सम्बन्ध विच्छेदका घटना बढिरहका छन् ।

लक्ष्यभन्दा बढी मुद्दा फछ्र्यौट

गत आर्थिक वर्षमा जिल्ला अदालतले लक्ष्य भन्दा ५ प्रतिशत बढी मुद्दा फछ्र्यौट भएका छन् । न्यायपालिकाको पञ्चवर्षिय रणनैतिक योजनाअन्र्तगत वार्षिक ७० प्रतिशत मुद्दा फछ्र्यौट गर्नैपर्ने हुन्छ ।

जिल्ला अदालतले ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिईएकोमा ८०.५८ प्रतिशत मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।
गतवर्ष दर्ता भएका तीन सय ७९ र आर्थिक वर्ष २०७२, ०७३ बाट जिम्मेवारी सरेर आएका ६९ गरी कुल चार सय ४८ मुद्दा रहेकामा तीन सय ६१ मुद्दा फछ्र्यौट भएका हुन् । यस्तै ८७ मुद्दा यस आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको श्रेष्तेदार पौडेलले बताए ।

३० लाख दण्ड जरिवाना संकलन

गत वर्ष ६६ लाख ९७ हजार दण्ड जरिवाना उठाउनु पर्नेमा ३० लाख ३ हजार उठेको र ४६ लाख ९३ हजार उठ्न बाँकी छ ।
यस्तै जिल्ला अदालतले यो वर्षपनि ७५ प्रतिशत मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको न्यायाधिश शर्माले बताए । जिल्ला अदालतले कुनैपनि मुद्दा एक वर्षभन्दा बढी रहन नदिने लक्ष्य लिएको न्यायधिश शर्मा बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनःनिर्माणमा आएको पैसा दाताको आफ्नै स्वार्थपूर्तिमा
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो, चार महिनामा थपियो साढे ५७ अर्ब
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
अष्ट्रेलियामै रबी लामिछानेसँग यसरी गुनासो पोखे नेपालीले
धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर
धुनषा मालपोतका निमित्त प्रमुख झाले भ्रष्टाचार गरेको अदालतको ठहर
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
बुधबारको मौसम: हिमाली क्षेत्रमा हिमपातको सम्भावना
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
कोरोना भाइरसका कारण विश्वभरमा १ लाख ५४ हजार १ सय ४५ जनाको मृत्यु
काठमाडौंका ११ वडाध्यक्षको घोषणा
काठमाडौंका ११ वडाध्यक्षको घोषणा
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने
भोलीदेखि इन्टरनेटको मुल्य बढ्ने

तपाईंले छुटाउनुभयो कि?