बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
२० पटक हेरिएको
Shares
बाम गठबन्धनमा मुख्यमन्त्रीको भागबन्डा भाेलि टुंगिने: यी हुन् आकांक्षीहरू

सारांश

  • काठमाडौं, १३ माघ ।
  • एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन्।
  • ओली निवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् ।

काठमाडौं, १३ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन्।

ओली निवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् । बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए ।

‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ ।’

एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन् । राष्ट्रिय सभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०-४० कै अनुपात हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ।

तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ।

प्रदेश १, ३, ४ र ५ एमालेलाई छाड्न तयार देखिएको माओवादीले ती प्रदेशमा सभामुखको दाबी गर्दै आएको छ। शुक्रबार यिनै विषय केन्द्रित छलफल भए पनि शीर्ष कार्यदलले नेताहरूको निर्देशन सार्वजनिक गरेको छैन।

दुवै पार्टी अध्यक्षको निर्देशनअनुसार कार्यदलले शनिबार थप गृहकार्य गरेर प्रदेश सभा र प्रदेश सरकारको सिट बाँडफाँड टुंगो लगाउने भएको छ। एमाले नेता नेम्वाङले शीर्ष नेताहरूसँगको परामर्शका आधारमा सिट बाँडफाँड टुंगो लगाइने बताए।

बिहीबारको बैठकमा प्रदेश मन्त्रिपरिषद्को आकारबारे समझदारी भएपछि कार्यदलले शीर्ष नेताहरूसँग शुक्रबार परामर्श गरेर सिट बाँडफाँड प्रस्ताव टुंगो लगाउने सहमति गरेको थियो। ओलीनिवासमा सिट भागबन्डामा केन्द्रित रहेर चार घन्टा छलफल भएको नयाँ पत्रिकाले लेखेकाे छ ।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी

प्रदेश १ : भीम आचार्य, शेरधन राई (एमाले)

प्रदेश २ : (मधेसकेन्द्रित दलको बहुमत)

प्रदेश ३ : अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, राजेन्द्रप्रसाद पाण्डे, सानुकुमार श्रेष्ठ र केशव स्थापित (एमाले)

प्रदेश ४ : पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ (एमाले)

प्रदेश ५ : शंकर पोखरेल (एमाले)

प्रदेश ६ : महेन्द्रबहादुर शाही र नरेश भण्डारी (माओवादी), प्रकाश ज्वाला र यमलाल कँडेल (एमाले)

प्रदेश ७ : वीरमान चौधरी र झपट बोहरा (माओवादी)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arjun Kumar Shrestha

    Yo sueeta ko.pani.natak dherai vayo.aba ta nepalko.politics pni ghnagna thalyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
अन्नपूर्ण पदमार्गमा राेक, वैकल्पिक बाटाहरूबारे छलफल भइरहेकाे छ : सिडिअाे पाैडेल
नेपालमाथि किन सधैं इण्डियाको गिद्दे नजर ?
नेपालमाथि किन सधैं इण्डियाको गिद्दे नजर ?
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
फिल्ममा हस्तमैथुन सिन गर्नुपर्‍यो भने खुशीसाथ तयार हुनेछु: किश्वर मर्चेन्ट
माइतीघरमा आत्मदाहकाे प्रयास
माइतीघरमा आत्मदाहकाे प्रयास
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
एलिजावेथको निधनपछि बेलायतमा चार्ल्स तृतीयको शासन सुरु
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
अध्यक्ष ओली भन्छन् : जनताको निराशा चिर्दै मुलुक समृद्ध बनाउनु आवश्यक छ
कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै
कैलालीमा अतिक्रमण हुन थालेपछि वनको क्षेत्र घट्दै
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
प्रधानमन्त्री र प्रचण्डबीच तीन दिनअघि नै सहमति भएपनि संशोधनपछि मात्रै थप मन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
शनिवार काठमाडौँमा १८६ जना कोरोना संक्रमित थपिए
शनिवार काठमाडौँमा १८६ जना कोरोना संक्रमित थपिए

तपाईंले छुटाउनुभयो कि?