पूर्वसभामुख नेम्वाङको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०८०
|
|
४० पटक हेरिएको
Shares
पूर्वसभामुख नेम्वाङको निधन

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको मध्यराति निधन भएको छ।
  • आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको मध्यराति निधन भएको छ।

आफ्नै निवासमा अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो।

उनको देहावसानको खवर थाहा पाउनासाथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शिक्षण अस्पताल पुगेका थिए।

उनीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए। नेकपा एमालेको संसदीय दलका सचेतक महेश बर्तौलाले आस्थाको एउटा मियो ढलेको बताए।

संविधानसभाका अध्यक्ष र सभामुख रहिसकेका नेम्वाङको देहावसानपछि श्रद्धान्जली र अन्त्येष्टिका लागि छलफल गरेर एमालेले तय गर्ने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?