बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
३० पटक हेरिएको
Shares
बारामा राजपाको विजयी सुरुवात, देवताल गाउँपालिका अध्यक्ष बने चन्दन

सारांश

  • ५ असोज, सिमरा ।
  • बाराको देवताल गाउँपालिकामा राजपाले खाता खोलेको छ ।
  • राजपाका चन्दन सिंह २ हजार ३३० मतले बिजयी भएका छन् ।

५ असोज, सिमरा । बाराको देवताल गाउँपालिकामा राजपाले खाता खोलेको छ । राजपाका चन्दन सिंह २ हजार ३३० मतले बिजयी भएका छन् । यसैगरी उपाध्यक्षमा पनि राजपाकै रामपती देबी महतो २ हजार ५३ मतसहित बिजयी भएकी छन् ।

७ वडा रहेको देवतालमा ४ वडामा राजपाको पुरै प्यानलले जित हासिल गरेको छ भने २ मा वडा संघीय फोरम र १ वडामा माओवादी केन्द्र विजयी भएको छ ।

जिल्लाको १० स्थानीय तहमा जितको दाबी गरिरहेको राजपाले गणनाक्रममा पहिलो जित दर्ता गराएको हो ।

यसअघि बाराको करैयामाई गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?