मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
५० पटक हेरिएको
Shares
मृतकका परिवारलाई २ लाख, प्रधानमन्त्री रौतहट र सप्तरी जाने

सारांश

  • काठमाडौं ।
  •  सरकारले बाढीपहिरोबाट मृत्यु हुने मृतकका परिवारलाई राहतस्वरूप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।
  • प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट पीडित भएकालाई तत्काल रेस्क्यु गर्ने, उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउँदै मृतकका परिवालाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

काठमाडौं । सरकारले बाढीपहिरोबाट मृत्यु हुने मृतकका परिवारलाई राहतस्वरूप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट पीडित भएकालाई तत्काल रेस्क्यु गर्ने, उद्धार र राहत कार्यक्रमलाई प्रभावकारी बनाउँदै मृतकका परिवालाई दुई लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

नयाँ पत्रिका दैनिकमा ख़बर छ- मन्त्रिपरिषद् बैठकले बाढीपीडितका लागि मन्त्रीहरूको एक महिनाको तलब राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ । देउवा सरकारमा २७ मन्त्री छन् ।

प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना

″बाढीबाट प्रभावित क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर पुनस्र्थापनालगायतका विभिन्न कार्य अघि बढाउने बैठकले निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री जनार्दन शर्माले आइतबारसम्म तराई र पहाडका विभिन्न क्षेत्रमा गएको बाढीपहिरोमा परी ६६ जनाको मृत्यु भएको, सयभन्दा बढी हराइरहेको, दशौँ हजार नागरिक विस्थापित भएको र कैयौँ घरमा क्षति पुगेको जानकारी गराएका थिए ।

बैठकले मंगलबारदेखि नै देशभरका बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यक्रमलाई युद्धस्तरमा अगाडि बढाउने र सरकारका सबै संयन्त्र आवश्यकताअनुसार एकैसाथ परिचालन गर्ने निर्णय गरिएको सामान्य प्रशासनमन्त्री बस्नेतले जानकारी दिए । बैठकले बाढीपहिरोबाट विस्थापित भएका र खान नपाएकाका लागि तत्काल खाद्यान्नलगायत सामग्री जिल्लामा पुर्याउन केन्द्रीय दैवी प्रकोप उद्धार समिति तथा जिल्लास्तरीय दैवी प्रकोप उद्धार समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री रौतहट र सप्तरी जाने

प्रधानमन्त्री शेरबहादुर देउवा बाढीबाट सबैभन्दा धेरै प्रभावित रौतहट र सप्तरीको अनुगमन गर्न जाने भएका छन् । बैठकमा बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत र उद्धार कार्यक्रमलाई एकै साथ अघि बढाउने छलफल भए पनि त्यस विषयमा कुनै निर्णय नभएको मन्त्री बस्नेतले बताए ।

‘पहिला प्रधानमन्त्रीज्यूले अति प्रभावित केही बाढी क्षेत्रमा अनुगमन गर्ने निर्णय भएको छ, प्रधानमन्त्रीज्यूले अनुगमन गरेर फर्केपछि मात्रै संकटग्रस्त क्षेत्र घोषणा गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय गरिने छ,’ मन्त्री बस्नेतले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?