३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
सारांश
- सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने ।
- एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे ।
- प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको भुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् ।
सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसलेका दिनेश धामीले एक महिनाअघि धनगढीबाट चियामा हाल्ने भारतीय मसलाको प्याकेट किने ।
एक सय रुपैयाँमा ५० ग्राम चिया मसला किनेका उनी प्याकेट खोल्दा छक्क परे ।
प्याकेटभित्र त काउलाको पातको धुलो पो रहेछ, जडीबुटी व्यवासायीसमेत रहेका उनले भने, हामीले हामीले प्रतिकिलो ३० रुपैयाँमा विक्री गरेको काउलोको पातको भुलो हामीलाई नै २ हजारमा विक्री गर्दा रहेछन् । म त छक्कै परेँ ।
आफुले अति सस्तोमा बेचेको काउलोको पातलाई धुलो पारेर विक्री गर्न सकियो भने कैयौं गुणा बढी मुल्य पाईने देखेर उनलाई बजारमा राम्रै माग रहेको चिया मसला व्यवसाय गर्ने सुर चल्यो उनी यसको उद्योग खोल्नेबारे सल्लाह लिन र आवश्यक पर्ने सीप प्रविधि सहयोगका लागि धरेलु तथा साना उद्योग विकास समितिको कार्यालय पुगे । त्यहाँ उनले न सल्ला पाए न सीप र प्रविधिको सहयोग ।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया