बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरी छाड्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
१३
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ६ जेठ ।
  • तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरिएको छ ।
  • सरकारले बाँकी कैद सजाय मिनाहा हुने गरी उनलाई छाड्न लागेको हो।

काठमाडौं, ६ जेठ । तत्कालिन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद मिनाहा गरि गणतन्त्र दिवसको दिन पारेर छाड्ने तयारी गरिएको छ । सरकारले बाँकी कैद सजाय मिनाहा हुने गरी उनलाई छाड्न लागेको हो।

नेता ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा जेल चलान गरिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ गरेको थियो। डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

२०६१ मा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो।
सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो। पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको हो। फैसलाको करिब ८ वर्षसम्म पनि फैसला कार्यान्वयन भएको थिएन।

गत कात्तिक ७ गते सर्वोच्च अदालतले एक साताभित्र ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीका तत्कालीन आइजिपी प्रकाश अर्याललाई आदेश दिएपछि उनी पक्राउ परेका हुन्।
नेता ढुंगेल कारागार नियमावलीकै प्रावधान अनुसार नै छुट्न लागेका छन्। कारागार नियमावलीमा ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलनको आधारमा कैदीलाई छाड्न सक्ने प्रावधान छ। सोही प्रावधान अनुसार उनलाई गणतन्त्र दिवसको दिन आगामी जेठ १५ गते छाड्न लागिएको हो। नेपालको कानुन अनुसार जन्मकैद सजाय भनेको अधिकतम २० वर्ष हुन्छ। ढुंगेल द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेका थिए।

कात्तिकमा पक्राउ परेका उनको कैद भुक्तान बैसाखमै ८ वर्ष पुगिसकेको छ। २० वर्षको ४० प्रतिशत ८ वर्ष हुन्छ। असल चालचलन भएको कैदीको प्रावधान लागू गरी उनलाई बाँकी कैद मिनाहा गर्न लागिएको हो।

ढुंगेल लगायत कैदीहरुलाई गणतन्त्र दिवसमा छाड्नका लागि प्रक्रिया अगाडि बढिसकेको कारागार व्यवस्था विभागका एक अधिकारीले बताए। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले कैद छुटको निर्णय गर्नेछ।

जिउ मास्ने बेच्ने, जबर्जस्ती करणी, कैदबाट भागे भगाइएको, भन्सार चोरी निकासी पैठारी, लागूऔषधको कारोबार र भ्रष्टाचार मुद्दा बाहेक अन्य अपराधमा जेल परेकाहरुलाई ६० प्रतिशतसम्म कैद मिनाहा गर्न सक्ने प्रावधान छ।

जेल बसेर सुध्रिएका व्यक्तिहरुलाई छाड्ने उद्देश्यले कैद छुटको प्रावधान राखिए पनि आर्थिक चलखेलका आधारमा ४० प्रतिशत कैद भुक्तान भएका सबैजसो कैदीलाई गणतन्त्र दिवस र दशैंको बेला छाड्ने परम्परा रहँदै आएको छ।

प्रतिक्रिया

13 कमेन्ट

    Comment Author

    Om Sunuwar

    सह्य हुने कुरा होइन यो यस्ता अपराधिको किन निर्मुन हुन सकेन नेपालमा र दिन प्रतिदिन बढ्दैछन ,गुन्डा ,चोर अपराधी ,तस्कर ,दलाल ,भ्रस्टाचार यसरी नेताको बल र धम्किले कानुन उपहास उडाएरै देशलाइ अस्थिरता तिर धकेलिरहेकाछ्न ,सुशासन र समृद्ध नेपालको परिकल्पना भित्र यस्ता घातक तत्वहरुको बिनाश गर्नकै लागी यस्ता अपराधिलाइ छुट दिनु हुन्न ।

    Comment Author

    Ram Bahadur Hamal

    कार्यक्रम तथा भाबि याेजना त राम्राे पाे छ त सरकार काे।याे ५ बर्षमा यस्ता अन्यायमा परेका कति छन बत्ति बालेर खाेजेर छाडि देउ सरकार।यसाे भएमा ठुलाे उपलब्धि हुने थियाे।

      Comment Author

      Lal Lal Singh

      सहि भनु भो हजुर ले

    Comment Author

    Sharad Chandra Acharya

    Yehi mauka ho bame jati bahira bame ka birodhi vitra halne.

    Comment Author

    Shankar Kumar Oli

    के बालकृष्ण ढुंगेल को अपराध सामन्य अपराध हो???? कुन आँखा फुटेको गोरुले फेरि सामान्य अपराध हो भनेर छुटाउन लागेको हो, याद रहोस सरकार, एकजाना अधिकारी ले अपराधी पक्राउ गर्नुपर्यो भनेर अनासन बस्दा बस्दा ज्यान नै अर्पण गरे अब जेल परेको अपराधी लाई छुटाइने कोसिस नगरियोस यदि यो सरकार यस्तै यस्तै काम गर्दै हिड्छ भने सिधै नपाल कम्युनिस्ट पार्टि मुर्दाबाद भन्ने छौ मैले मात्रै हैन कयौ पिडित नागरिक ले पनि।

    Comment Author

    Uddhav Sharma

    ज्यानमाराहरुले
    न्यायगरने यस्तौहो

    Comment Author

    Uddhav Sharma

    जेलहरु सबै बन्दगरेर कैदीसबैलाई
    माफी दिएरामरो

    Comment Author

    Om Sagar Shrestha

    Chutne estai party ko label lageko chor fataha jyanmara haru ta hun ni….esta chor haru lai chut dine le ksto bikash garlan desh ma….

    Comment Author

    Khem Gurung

    Yo sarkarle Galat kam garna hudaina.

    Comment Author

    Gyanu Khawash

    वा ओलि बा तिम्रो कानुनी राज्य?

    Comment Author

    Thapachhabiraj Thapa

    Fuck oli government

    Comment Author

    Lal Lal Singh

    ज्यानमारा हरुले कानुन को भासा कहाँ बुजदछन र खबरदार येसतो गरे मा

    Comment Author

    Avisek Sharma

    Thuikka oli sarkaar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 13
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?