कटारी गोल्डकपको उपाधिका लागि झापा ११ सँग काठमाडौँको संकटाले प्रतिष्पर्धा गर्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
५९ पटक हेरिएको
Shares
कटारी गोल्डकपको उपाधिका लागि झापा ११ सँग काठमाडौँको संकटाले प्रतिष्पर्धा गर्ने

सारांश

  • अस्बिन खडका उदयपुर, १५ चैत ।
  • उदयपुरको कटारीमा शनिबारदेखि जारी चौथौ कटारी मेयर गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिम सहित ८ टिमको सहभागिता रहेको गोल्डकपमा सबै टीमलाई हराउदैँ झापा ११ र काठमाडौँको संकटाले फाइनल खेलको उपाधीको लागि अवसर पाएका छन् ।
  • बिहीबारको दोस्रो सेमीफाइनलमा संकटाले गोर्खा ब्वाइज रुपन्देहीलाई ३ गोलले पाखा लगाउदैँ संकटा क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ ।

अस्बिन खडका

उदयपुर, १५ चैत । उदयपुरको कटारीमा शनिबारदेखि जारी चौथौ कटारी मेयर गोल्डकपमा ३ डिभिजन लिग खेलेका टिम सहित ८ टिमको सहभागिता रहेको गोल्डकपमा सबै टीमलाई हराउदैँ झापा ११ र काठमाडौँको संकटाले फाइनल खेलको उपाधीको लागि अवसर पाएका छन् ।

बिहीबारको दोस्रो सेमीफाइनलमा संकटाले गोर्खा ब्वाइज रुपन्देहीलाई ३ गोलले पाखा लगाउदैँ संकटा क्लब काठमाडौं फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमीफाईनलबाट झापा ११ ले सहारालाई ० का विरुद्ध २ गोल गर्दै झापा ११ फाईनलमा प्रबेश गरिसकेको छ ।

आजको खेलबाट संकटाले गोर्खा ब्वाईज रुपन्देहीलाई ३ गोलले हराउदै फाईनलमा प्रवेश गरेको छ । संकटाका लागि २९ औं मिनेटमा ७ नम्बर जर्सीका प्रकाश बुढाथोकीले फ्रि किकको सदुपयोग गर्दै गोलको खाता खोलेका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको संकटाकालागी ८७ औं मिनेटमा १२ नम्बर जर्सीका नाईजेरियन खेलाडी ईब्राहिम कोउडियाले आकर्षक गोल गर्दै गोल अन्तर २–० मा पुर्याए । त्यसैगरी ९० औं मिनेटमा संकटाका सन्त गुरुङ्गले तेस्रो गोल गरे । रुपन्देहीले पहिलो हाफमा पटक–पटक गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

संकटाका ईब्राहिम कोउडिया खेलको म्यान अफ द म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी मेघराज अधिकारीले नगद ५ हजारका साथमा प्रमाण–पत्र र मेडल प्रदान गरे । उपाधिकालागी अब शनिबार संकटाले झापा ११ सँग आमने सामने गर्नेछ । गोल्डकप विजेताले नगद ५ लाख र ट्रफी हात पार्नेछ भने उपविजेताले नगद २ लाख ५१ हजार हात पार्ने आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताए । कटारी नगरपालिकाको सहकार्य र साथी समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको हो ।

(https://www.firmfitfloor.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
काठमाडौँमा ४ जना वडा सदस्य निर्विरोध निर्वाचित
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
राष्ट्रपतिजस्तो व्यक्ति पार्टीप्रति झुकाव जोडिएर बस्नहुन्न : डा. महत
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
रक्सीले मातेर ९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्नेलाई यस्तो सजाय
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
दोलखा प्रशासनले सुरु गर्‍यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
ओलीलाई भीम रावलको प्रश्नस् यो बेला राम र अयोध्यावारे बहस गर्नुपर्ने हो ?
ओलीलाई भीम रावलको प्रश्नस् यो बेला राम र अयोध्यावारे बहस गर्नुपर्ने हो ?
नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक
नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
दार्चुलाको व्यासमा हिमपहिरो, यार्सागुम्बा सङ्कलक बसेका त्रिपाल हिउँले पुरिए
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक