साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १२, २०८०
|
|
२७ पटक हेरिएको
Shares
साइकलयात्रीलाई मुक्का हान्ने भेटवाललाई १० वर्ष कैद र जरिवाना माग गर्दै मुद्दा हाल्ने तयारी

सारांश

  • काठमाडौं ।
  • साइकलयात्रीलाई बिचबाटोमै मुक्का प्रहार गरेर कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई कैद र जरिवाना माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
  • विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाइ १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

काठमाडौं । साइकलयात्रीलाई बिचबाटोमै मुक्का प्रहार गरेर कुटपिट गर्ने विराटनगरका आयुष भेटवाललाई कैद र जरिवाना माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई राति कारबाट उत्रिएर मुक्का हान्दै कुटपिट गर्ने विराटनगर ४ का १९ वर्षीय भेटवाललाइ १० वर्ष कैद र १ लाख जरिवाना गर्न माग गर्दै प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

पक्राउ परेका भेटवाललाई मोरङ प्रहरीले मोरङ अदालतमा ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान सुरू गरेको थियो ।

मोरङ प्रहरीले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार अनुसन्धान प्रतिवेदन बुझाएको मोरङ प्रहरीले जनाएको छ । आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको बुझिएको छ ।

असार २० गते राति साढे ८ बजे विराटनगर ४ स्थित दूध फार्म चोकमा बा १५ च ३४४५ नम्बरको कारमा सवार आयुषले साइकलयात्री साहलाई कुटपिट गरेका थिए। आयुषले मुक्का हान्दै कुटपिट गरेको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

मुक्का हानेपछि बेहोस भएर ढलेका साहलाई घटनास्थलबाट प्रहरी र स्थानीयको सहयोगमा उपचारको लागि कोशी अस्पताल पु¥याईएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?