मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ११, २०७६
|
|
३३ पटक हेरिएको
Shares
मिल्दै नमिल्ने कांग्रेस विवादको कारण के हो ?

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद साम्य भएको छैन।
  • दुवै पक्ष आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन्।

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसभित्रको विवाद साम्य भएको छैन। दुवै पक्ष आफ्नो अडान नछोडेपछि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन्। संस्थापन पक्ष र रामचन्द्र पौडेल समूहका नेताबीच बिहीबार पनि वार्ता भएको थियो, तर निष्कर्षमा पुग्न सकेन।

कांग्रेसभित्र यतिबेला विभाग गठन गर्ने र १४ औं महाधिवेशनको कार्यकतालिका सार्वजनिक गर्ने विषयको विवाद सतहमा देखिएको छ। संस्थापन पक्ष कार्यकतालिका सार्वजनिक नगरी विभाग गठन गर्न चाहन्छ भने संस्थापन इतर पक्ष पहिला १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने अडानमा रहँदा जारी केन्द्रीय कार्यसमिति बैठक समेत प्रभावित बनेको छ।

कांग्रेसमा जारी विवाद सहमतिबाटै टुंग्याउन दुवै पक्ष सहमत छन्। तर दुवै पक्ष आफ्नो अडानबाट टसमस भएका छैनन्। वार्ता टोलीका सदस्य सहमति जुटाउन सक्रिय छन्। अहिलेसम्म सहमतिको संभावना देखिएको छैन।

संस्थापन पक्ष पूर्वसहमतिअनुसार ६० ÷ ४० को भागबन्डा गर्न तयार नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष रुष्ट देखिएको छ। पछिल्लो समय सभापति देउवाले विधानविपरीत पार्टीका रिक्त विभाग गठन गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलल समूह असन्तुष्ट छ। देउवाले विधानमा व्यवस्था भएको २८ वटा विभागलाई बढाएर ४१ वटाको प्रस्ताव गरेका छन्।

संस्थापन पक्ष र अर्को पक्षबीच सोमबार भएको गहन छलफलपछि महाधिवेशनको कार्यतालिकासहित विभाग गठन गर्ने, नेपाल विद्यार्थी संघ तथा नेपाल तरुण दलको कार्यसमिति बनाउन सहमतिमै टुंग्याउने सैद्धान्तिक सहमति भएको छ। सहमतिको प्रयासकै लागि सोमबार बोलाइएको केन्द्रीय कार्यसमितिको प्रभावित हुँदै आएको छ।

पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो। तर अहिले आएर संस्थापन पक्ष पूर्व सहमतिबाट पछि हटेपछि सहमतिको वातावरण बिग्रिएको हो।

स्रोतका अनुसार पहिला संस्थापन पक्षले ६० र पौडेल समूहलाई ४० प्रतिशत गरी भागबन्डा गरेर पार्टीलाई एकढिक्का बनाउने पूर्वसहमति गरिएको थियो। तर अहिले आएर संस्थापन पक्ष पूर्व सहमतिबाट पछि हटेपछि सहमतिको वातावरण बिग्रिएको हो।

संस्थापन पक्ष २०७७ सालमा १४औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक रूपमा तयार भए पनि विभाग र भ्रातृ संस्थाको गठनको विषयमा सहमति जुट्न बाँकी छ। पौडेल समूहको मुख्य माग १४औँ महाधिवेशनको कार्यतालिका आउनुपर्ने हो।

कांग्रेसको गत साउनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको विधानले व्यवस्था गरेअनुसार अन्तरिम संरचनाको समायोजनको काम सहमतिबाट मंसिरभित्रै टुंग्याउन सहमति गरेको थियो। सो बैठकमा अन्तरिम व्यवस्थाअनुसारको संरचना गठन गरेर महाधिवेशनमा जाने कांग्रेसले शीर्ष सहमतिबाट निर्णय लिएको थियो। कांग्रेसको त्यसयताका हरेकजसो बैठक बिनानिर्णय टुंगिँदै आएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
जीबी राइलाई खोज्न विश्वभरका प्रहरीलाई बाटो खुल्यो
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे  माैसम !
कस्ताे रहन्छ शुक्रबार देखि अाइतबारसम्मकाे माैसम !
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
प्रधानमन्त्रीले यसरी हप्काए, जनताले कहिले इन्जिनियर आउँछन् भनेर पर्खेर बस्छन् ?
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
६२ खर्बको रुसी हतियार अर्डर, वार्षिक १७ खर्बको विक्री
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन
सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगन
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
अभिनेत्री केकी अधिकारी चढेको जीप दुर्घटना
अब तोकेको मितिमा होइन, नतोकिएको मितिमा एकता: पुष्पकमल दाहाल ‘प्रचण्ड’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’

तपाईंले छुटाउनुभयो कि?