बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु

सारांश

  • काठमाडौं, पुस २४ ।
  • नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको हो ।

काठमाडौं, पुस २४ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रसँग पार्टी एकतालगायतका विषयमा छलफल गरिने बताइएको छ । आजको बैठकले पार्टी एकताको विषयमा आफनो अवधारण बनाउने एक नेताले शिखरन्यूजलाई जानकारी दिए ।

पार्टी एकताबारे आइतबार साँझ दुई पार्टी अध्यक्षबीच छलफल भएको थियो ।

छलफलपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता संयोजन समितिबाट पार्टी एकता प्रक्रियालाई छिट्टै टुंगोमा पु¥याउनका लागि वैचारिक, राजनीतिक काम र सांगठनिक काम दुईवटै काम गर्नका निम्ति एउटा टिम बनाएर जिम्मा दिने सहमति भएको प्रतिक्रिया दिएका थिए ।

अध्यक्ष ओली स्वास्थ्य परिक्षणको लागि बुधबार बैंकक जाने भएपछि अहिलेको विकसित राजनीतिबारे छलफल गर्न बैठक बोलाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?