शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
शनिबार चक्रपथको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम सकिने

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • चक्रपथको कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ ।
  • काम सम्पन्न भएको दिनमा चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिएको जानकारी गराउनेछ ।

काठमाडौं, २४ मंसिर । चक्रपथको कोटेश्वर–कलंकी खण्ड आठ लेनमा विस्तारको काम आगामी शनिबारसम्म सकिने भएको छ । काम सम्पन्न भएको दिनमा चिनियाँ ठेकेदारले सडक विभागलाई आयोजना सकिएको जानकारी गराउनेछ ।

पाँच वर्ष लगाएर विस्तार गरिएको चक्रपथमा अब म्याद थपेर काम गराउनुपर्ने अवस्था नरहेको सडक विभागले जनाएको छ । चीनले चक्रपथ हस्तान्तरण र नेपाल सरकारले कहिले उद्घाटन गर्ने भन्ने टुङ्गो भने लागेको छैन । चीन सरकारको अनुदान सहयोगमा चक्रपथको सडकखण्ड विस्तार भएको हो ।

आयोजनाले कोटेश्वर, बागडोल र ग्वार्कोमा आकाशे पुल निर्माण गरेको छ । सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो ।
पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर–कलंकी खण्ड विस्तारको काम डिसेम्बर १५ मा सकिने निश्चित भएको सडक विभागले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?