बालुवाटारको जग्गामा दोषी ठहरिए सजाँय भोग्न तयार छु : भट्टराई
सारांश
- काठमाडौं ।
- बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याउने नाममा मुछिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू दोषी ठहरिए दण्ड भोग्न तयार भएको बताएका छन् ।
- उनले संसदमा बोल्दै बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्।
काठमाडौं । बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याउने नाममा मुछिएका नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफू दोषी ठहरिए दण्ड भोग्न तयार भएको बताएका छन् ।
उनले संसदमा बोल्दै बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको गम्भीरतापूर्वक छानविन गर्न माग गरेका छन्।
सोमवारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनमा भट्टराईले ललितानिवास जग्गा कब्जा प्रकरणमा आफ्नो नाम मुछिएको बताउँदै दोषी ठहरिए आफू दण्ड भोग्न तयार रहेको बताए ।
ललितानिवास प्रकरणमा थुप्रै प्रधानमन्त्रीको नाम जोडिएको छ। सन्त नेताको परिचय बनाएका कृष्णप्रसाद भट्टराई, नेकपाका नेता माधव नेपाल, भट्टराईको पालामा भएको निर्णय गलत रहेको भन्ने विषय बाहिरिएपछि उनले स्पष्टिकरण दिएका हुन् । नियतवंश संलग्नता छ भने दण्ड दिन र भोग्न तयार भएको बताए ।
प्रतिक्रिया