युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका

सारांश

  • काठमाडौं,३ पुस।
  • युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।
  • सार्वजनिक गरिएको खेल तालिका अनुसार इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएससंग, लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग र म्यान्चेस्टर सिटीले शाल्कासँग तथा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

काठमाडौं,३ पुस। युरोपियन च्याम्पियन्स लिग फुटबलको नक आउट चरणको खेल तालिका सार्वजनिक भएको छ ।सार्वजनिक गरिएको खेल तालिका अनुसार इङ्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएससंग, लिभरपुलले जर्मन क्लब वायर्न म्युनिखसँग र म्यान्चेस्टर सिटीले शाल्कासँग तथा टोटनह्याम हट्सपरले बोरुसिया डर्टमण्डसँग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

युभेन्ट्सले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्ने खेलतालीका रहेको छ भने ईटालीयन क्लब ए एस रोमाले पोर्चगलको एफसी पोर्टोसँग प्रतिस्पर्धा रहने देखिएको छ ।यसैगरी, बार्सिलोनाले फ्रान्सको लियोसँग भिडन्त पक्का भएको छ भने रियल मड्रिडको आयाक्स एम्सटरडमसँग खरो प्रतिस्पर्धा देखिने भएको छ।

    यो पनि पढ्नुहोस्

सार्वजनिक खेल समय तालीका अनुसार अन्तिम १६ को पहिलो लेगको खेल यही फेब्रुअरी १२, १३, १९ र २० गते हुने जताईएको छ भने दोस्रो लेगको खेल मार्च ५, ६, १२ र १३ मा खेलाईने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?