बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
२९ पटक हेरिएको
Shares
बाढीपीडितका लागि राष्ट्रपतिबाट एक महिनाको तलब सहयोग

सारांश

  • काठमाडौं ।
  •  राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दार राहत तथा पुनर्स्थापनाका लागि एक महिनाको तलब सहयोग गरेकी छन् ।
  • उनले पीडित जनताको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी हुन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी, पहिरो र डुवानमा परेकाहरुको उद्दार राहत तथा पुनर्स्थापनाका लागि एक महिनाको तलब सहयोग गरेकी छन् । उनले पीडित जनताको राहत, उद्धार र पुनःस्थापना कार्यमा सहयोगार्थ एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी प्रदान गरेकी हुन् ।

प्रधानमन्त्री कोषमा राष्ट्रपति कार्यालयका अन्य कर्मचारीहरुले पनि सहयोग गरेका राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ति मार्फत जानकारी दिएको छ । राष्ट्रपतिका विज्ञहरुबाट सात दिनको, स्वकीय सचिवसहित अन्य सचिवबाट पाँच दिनको,स्वकीय सहसचिवसहित अन्य सहसचिवहरुले तीन दिनको, उप सचिव तथा शाखा अधिकृतहरुबाट दुई दिनको तथा  सहायक स्तरका सबै कर्मचारीहरुले एक दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा परेका छन् ।

साउन २७ गते रातिको ठूलो वर्षा र त्यसपछिको बाढी तथा डुवानका कारण तराईका अधिकांश जिल्ला प्रभावित भएको छ । बाढी, डुवान र पहिरोका कारण प्रभावितको उद्धार रातह तथा पुनर्स्थापनाका लागि भन्दै  प्रधामन्त्री र मन्त्रीहरुले एक महिनाको तलब सहयोग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरुले एक एक महिनको तलब सहयोग गरेका छन् ।

(https://basicbluesnation.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?