बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।
  •  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए।

‘अध्यक्ष दाहालले चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उनले भने, ‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो।’

थापाले दुई अध्यक्षको भेटवार्ता नियमित रहेको समेत बताए। पार्टी अध्यक्ष दाहालसंँग भेटवार्ता भएपछि प्रधानमन्त्री ओली पोखरामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?