किसानको वर्गीकरण गरी परिचय पत्र दिइने
सारांश
- ललितपुर ।
- राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ सम्म गर्ने भएको छ ।
- सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न सहयोग पुग्ने बताइएको छ ।
ललितपुर । राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ सम्म गर्ने भएको छ । सम्मेलनमार्फत किसानको वर्गीकरण गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न सहयोग पुग्ने बताइएको छ ।
आयोगले किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको छ ।
आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सम्मेलनमा खाद्य सम्प्रभुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्यपत्र प्रस्तुत हुने र नेपाल, बंगलादेश, चीन, भारत, इण्डोनेशिया, मलेशिया, पाकिस्तान, फिलिपिन्स, श्रीलङ्का, प्रजग कोरिया र भियतनामका वरिष्ठ पदाधिकारी, प्राज्ञ, किसान, कृषि सहकारीमा आबद्ध व्यक्ति, उद्योगी, व्यवसायी तथा कृषि विज्ञ गरी कूल ३५० जनाको सहभागिता रहने बताइएको छ ।
आयोगका प्रवक्ता रवीन्द्र केसीले सम्मेलनमार्फत अन्य देशका किसानसँग भाइचाराको सम्बन्ध स्थापना हुने बताउँदै आधुनिक कृषि प्रणाली व्यवस्थामा थप जोड पुग्ने उल्लेख गरे ।
किसानले अनुभव गरेका चुनौतीको सामना गर्दै किसान अधिकार र खाद्य सम्प्रभुता तथा खाद्य सुरक्षाको प्रवद्र्धनसम्बन्धी ऐन कानून तर्जुमा र कार्यान्वयनका साथै नीति निर्माणको परिमार्जनमा टेवा पुग्ने कार्यक्रममा बताइएको छ ।
प्रतिक्रिया