विश्वकप एसिया छनोट: बहराइन विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १४, २०८०
|
|
४२ पटक हेरिएको
Shares
विश्वकप एसिया छनोट: बहराइन विजयी

सारांश

  • काठमाडौं ।
  • आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।
  • माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो ।

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा जीतका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै एक सय २६ रनमा समेटियो । हङकङका अंशुमन रथले सर्वाधिक २८ रन बनाए । जिशान अलिले २१, एजिज खानले १९ तथा नस्रुला रानाले १६ रन बनाए । त्यसबाहेक अन्य कुनैपनि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।

बहराइनका लागि अब्दुल मजिदले तीन विकेट लिए भने रिजवान बुटृ र अली दाउदले समान दुई/दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउदै एक सय ४६ रनको योगफल बनाएको थियो । उसका लागि इमरान अलीले ४३ बलमा ५ चौका र ३ छक्कासहित ६२ रन बनाए । इमरान अनवरले १५, हैदर बुटृले १४ तथा रिजवान बुटृले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हङकङका लागि नस्रुला रानाले तीन विकेट लिए भने एहसान खान, अजिज खान र यासिम मुर्तजाले समान दुई/ दुई विकेट लिए । जितसँगै बहराइनले दुई अङ्क जोडेको छ । हिजो भएको पहिलो खेलमा बहराइन युएईसँग पाँच विकेटले पराजित भएको थियो । 
  
हङ्कङको भने यो पहिलो हार हो । हिजो भएको खेलमा हङकङले कुवेतलाई ३१ रनले हराएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ भने बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, ऐन संशोधन विधेयक पेश गर्ने तयारी
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
सभामुख बन्ने दौडमा माओवादीका चार नेता : कसले मार्ला बाजी ?
म एक अपरिपक्व मतदाताको साविती बयान
म एक अपरिपक्व मतदाताको साविती बयान
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
उपत्यकामा मोनोरेलको सम्भावना : चिनियाँ कम्पनीको अध्ययन यस्तो छ
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
प्रधानमन्त्री ओलीले भने, ‘हिंसा र अपराध चल्दैन’
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
सुकुटे बस दुर्घटनाका घाईतेलाई भेट्न धुलिखेल पुगे देउवा, ‘उपचारमा कमी नहोस्’
Do Mika Singh signals that Salman and SRK still have clashes?
Do Mika Singh signals that Salman and SRK still have clashes?
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो- नेता पन्त
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!
हाेमस्टेमा खुलेअाम याैनधन्दा, स्थानीय भन्छन् प्रहरीकाे संरक्षण छ!