बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै

सारांश

  • माधव बेल्वासे ।
  • कपिलवस्तु (चन्द्रौटा), २९ कात्तिक ।
  • बाल संरक्षण र लैंगिक हिंसामा जनप्रतिनिधि सचेत बन्दै गएका छन ।

माधव बेल्वासे । कपिलवस्तु (चन्द्रौटा), २९ कात्तिक । बाल संरक्षण र लैंगिक हिंसामा जनप्रतिनिधि सचेत बन्दै गएका छन । कपिलवस्तुको शिवराज नगरपालिकाका जनप्रतिनिधिहरु बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरण गर्न अग्रसर भएर काम गर्ने प्रतिवद्धता जनाएका छन । नमुना एकीकृत विकास परिषदले नगर भित्रका ११ वटै वडामा गरेको सर्वेक्षणको विषयमा छलफल गर्दै शिवराज नगरपालिका भित्र अझै पनि सवै बालबालिकाहरुले समयमा जन्मदर्ता नबनाएको पाइएको छ ।

औधोगिक क्षेत्र रहेको हुदाँ बालश्रमको उच्च जोखिमा रहेको समेत पाइएको छ । अशिक्षा र गरिबीका कारण बालबालिकाहरु बालश्रम गर्न वाध्य रहेको जनाउदै यसलाई कमि ल्याउन सबै सजग हुनुपर्नेमा जोड दिइएको छ । जनप्रतिनिधिहरुको लागी आयोजना गरेको एक दिने अभिमुखिकरण कार्यक्रमको सहजकर्ता बिष्णु पाण्डेले सर्वेक्षणको तथ्याङक वताउदै ९५ प्रतिशत महिलाहरु कुनै न कुनै हिंसामा परिरहेको जनाए ।४० प्रतिशत महिलाहरुले हिंसा विविध कारण लुकाउने गरेको तथ्याङक रहेको छ । पुरुषको तुलनामा शिवराज नगरपालिकामा महिलाहरुको बढी बालविवाह हुने गरेको बताइएको छ।

शिक्षा र आर्थिक शसक्तिकरण नहुदा यस्तो समस्या भोग्नुपरेको बताउदै शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले नगरभित्रका यि समस्याहरुलाई न्युनिकरण गर्न सबैले सहयोग गर्नुपर्ने बताए । नगरले बालबालिका र महिलाहरुको लागि उच्च प्राथमिकता दिएको बताउदै गलत गर्नेलाई कारवार्हि गर्न तयार रहेको तर धेरै हिंसाहरु महिलाहरुले लुकाउने गरेको बताए ।हिंसा लुकाउदा त्यसले ठुलो समस्या निम्त्याउने बताउदैँ सम्वन्धित व्यक्ति तथा निकाय लाई जानकारी गराउनु पर्ने जनाए ।

कार्यक्रममा सहजिकरण गर्दै युनिसेफका श्याम घिमिरेले नेपालमा ८२ प्रतिशत बालबालिकाहरु हिंसामा परेको जनाउदैँ हिंसाको परिणाम धुर्मपान,मद्यपान सेवन,याैन सम्बन्ध,आत्महत्या जस्ता रहेको बताए । शिवराज नगरपालिका सगै कपिलवस्तुका ३ वटा स्थानिय तहरुमा न्युनिकरणको लागी अभियान संचालन गरेको बताउदै जनप्रतिनिधिहरुले आफ्नो क्षेत्रमा विशेष ख्याल राख्न आग्रह गरे ।
त्यस्तै नमुना एकीकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेलले कपिलवस्तुमा जिल्लामा मात्र ५० जना बालबालिकाहरु एच आई भि एड्स देखा परेको बताईन ।पौडेलले बालबालिका र महिलाहरुलाई शारिरिक सगै मानसिक हिंसा भइरहेको जनाईन । २०७४ चैत्र देखि २०७५ असार मसान्त सम्म आम संचार माध्यममा प्रकाशन भएका मात्र १ सय १८ जना बालिकाहरु बलत्कृत भएको उल्लेख गरिन ।विविध कारणले यस्ता घटनाहरु बढीरहेको हुदाँ यसमा जनप्रतिनिधि सरोकारवालहरुको धेरै भुमिका हुने बताईन ।

शिवराज नगरपालिका चन्द्रौटामा आयोजित उक्त अभिमुखिकरण कार्यक्रममा मेयर नेत्रराज अधिकारी,उपमेयर शिवकुमारी थारु,११ वटै वडाका वडा अध्यक्ष कार्यपालिका सदस्य लगाएतको सहभागीता रहेको थियो ।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?