फेरी मात्तियो ध्रुवे

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
५२ पटक हेरिएको
Shares
फेरी मात्तियो ध्रुवे

सारांश

  • चितवन, ९ वैशाख ।
  • मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।
  • स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए ।

चितवन, ९ वैशाख । मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।

स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए । उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गएराति ११ बजेको समयमा हात्तीले घर भत्काएको हो । धु्रवे हात्तीले भरतपुर महानगरपालिका– २३ खड्गौलीमा रामबहादुर दरै, शान्तकुमार दरै, बुद्धिराम दरै, मायाराम दरै र मगरा दरैको घर भत्काएको हो ।

अर्यालका अनुसार गएराति घर भत्काउन थालेपछि सुरक्षा निकायको सहयोगमा हात्ती धपाइएको थियो । धु्रवे हात्ती केही दिनयता कसरा र सुखीभार क्षेत्रमा पोथी हात्तीसँगै बस्दै आएको थियो ।

विगत केही वर्षयता नेपाल र भारतमा गरी १५ जनाको ज्यान लिएको ध्रुवे हात्ती केही दिनअघि शुक्रनगर क्षेत्रमा पसेपछि निकुञ्जले लखेटेको थियो । दुई वर्षअघि निकै मातेर आतंक फैलाएको ध्रुवे यतिबेला पुनः मात्तिन थालेको हो ।

सोही क्षेत्रमा शनिबार बिहान स्थानीय ५२ वर्षीया देवी अधिकारीलाई बँदेलले आक्रमण गरेपछि उहाँ घाइते हुनुभएको छ । घाइते अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

जंगली जनावरले आक्रमण गरेको र क्षतिपूर्ति नपाएको भन्दै दराई उत्थान समाजको नेतृत्वमा स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अर्यालले भने घाइते अधिकारीलाई शनिबार नै क्षतिपूर्तिबापत रु ५० हजार दिइएको बताउनुभयो । समाजले हात्तीका कारण पूर्णरुपमा क्षति भएका घर र अन्नबालीको तत्काल उचित क्षतिपूर्ति दिलाउनुपर्ने माग गरेका छन् ।

प्रहरी उपरीक्षक दीपक थापाले सोमबार छलफल हुने गरी हाललाई सडक नियमित गरिएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
मुग्लिन नारायणगढ सडकमा यात्रा गर्दै हुनुहुन्छ भने एसएमएस गरेर मात्रै जानुस्
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
चिसोमा नाना पाएपछि ७७ वर्षीय बृद्धको अनुहारमा खुशी
नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’
नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘ग्राउन्डेड’
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
कास्कीको मादी गाउँपालिका प्रमुखमा एमालेका वेदबहादुर र उपप्रमुखमा विष्णु पौडेल विजयी
प्रधानमन्त्री ओलीले यसरी सम्झिए मनमोहन आधिकारीलार्इ
प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रदेश र संसदको चुनाव मंसिर १० गते गर्ने मन्त्रिपरिषद्को निर्णय
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
‘आज हामी एकताको गीत गाऔँ, यो आन्दोलनभन्दा कसैले आफुलाई ठुलो नठानौँ’ माधव नेपाल
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
वैज्ञानिकहरू कोरोना भाइरसको खोप बनाउन सक्रिय, भाइरसबाट मृत्यु हुनेको संख्या ८०० बढी
देशैभर कांग्रेसको विरोध हुँदा देउबा किन गायव ?
देशैभर कांग्रेसको विरोध हुँदा देउबा किन गायव ?