पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ४, २०७३
|
|
१५७ पटक हेरिएको
Shares
पत्रकारितासँगै निर्देशनमा पनि ल्हाक्पा शेर्पा…

सारांश

  • हिमाली आदिबासीका हक अधिकार र मुद्दाहरुसँग निकट रहेर करिब एक दशक देखि पत्रकारिता गर्दै आएका ल्हाक्पा शेर्पाको रुची केही समयता निर्देशनमा पनि मोडिएको छ ।
  • पत्रकारिता बाहेकको समय वृत्तचित्र र विज्ञापन निर्देशनमा खर्चिदै आएका शेर्पाले म्यूजिक भिडियो निर्देशनमा समेत हात हालेका छन् ।
  • गायक आङगेलु शेर्पाको स्वर रहेको गीतको भिडियोमा निर्देशन गर्दै शेर्पाले आफ्नो निर्देशन यात्रालाई म्यूजिक भिडियोमा समेत विस्तार गरेका हुन् ।

हिमाली आदिबासीका हक अधिकार र मुद्दाहरुसँग निकट रहेर करिब एक दशक देखि पत्रकारिता गर्दै आएका ल्हाक्पा शेर्पाको रुची केही समयता निर्देशनमा पनि मोडिएको छ । पत्रकारिता बाहेकको समय वृत्तचित्र र विज्ञापन निर्देशनमा खर्चिदै आएका शेर्पाले म्यूजिक भिडियो निर्देशनमा समेत हात हालेका छन् । गायक आङगेलु शेर्पाको स्वर रहेको गीतको भिडियोमा निर्देशन गर्दै शेर्पाले आफ्नो निर्देशन यात्रालाई म्यूजिक भिडियोमा समेत विस्तार गरेका हुन् । म्यूजिक भिडियो निर्देशनको पहिलो अनुभवलाई अलि अलि चूनौतिपूर्ण र रमाइलो महशुष गरेको बताउँदै शेर्पाले थपे ‘विदेशमा बस्ने युवक र नेपालमै रहेकी युवती बीचको प्रेम सम्बन्ध र सोलुको सुन्दरतालाई भिडियोमा देखाउने प्रयास गरेको छु ।’

14793662_1487626547930666_1816313845_n

काठमाडौँमा छायांकन सकाएका शेर्पा केही दिनभित्रै बाँकी छायांकनका लागि सोलखुम्बुको कोङ्दे रिसोर्ट जाँदैछन् । ४२५० मीटर उचाइँमा रहेको कोङ्दे रिसोर्टमा छायांकनका लागि निर्देशक शेर्पा सहितको टोली हेलिकोप्टर चार्टर गरेर त्यसतर्फ जाँदैछ । सगरमाथा, ल्होत्से, नुप्से, आमादब्लम, पुमोरी लगायतका उच्च हिमालका मनोरम दृश्य समेट्नका लागि उक्त लोकेसन छनौट गरेको निर्देशक शेर्पाले जानकारी दिए । राजनराज शिवाकोटीको संगीत र रोज मोक्तानको शव्द रहेको ‘घर मेरो सोलु’ बोलको गीतको भिडियोमा गायक आङगेलु आफैले अभिनय गरेका छन् । आङगेलुसँगै गोर्खापल्टनकी अभिनेत्री रञ्जिता गुरुङको अभिनय पनि भिडियोमा देख्न सकिनेछ । नविक के. श्रेष्ठको छायांकन रहेको भिडियो चाँडै नै सार्वजनिक गरिने निर्देशक शेर्पाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
ओखलढुंगामा वाम गठबन्धनको क्लिनस्वीप, कांग्रेसका रामहरीले भने- मेरो पनि जित भयो
जुन १२, एक ऐतिहासिक क्षणको प्रतिक्षामा विश्व समुदाय !
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
After Sonam, now Rhea Kapoor is all set to tie the knot with boyfriend Karan Boolani? Here’s proof
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ- प्रधानमन्त्री
पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ- प्रधानमन्त्री
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने
सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्
सेतो प्लेटका गाडीको दुरुपयोग शंका लागेमा यो नम्बरमा फोन गरिदिनुस्
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
साझेदारीमा बिजनेस नगर्नुस्-अलिबाबा का ceo ज्याक मा
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रचण्डको विशेष परिपत्र : वडा अध्यक्ष/सदस्यबाहेकका उम्मेदवार छनौट र तालमेलसम्मको अधिकार केन्द्रलाई
प्रमाणपत्र बुझ्दै दाहालले भने– ‘राजनीतिक स्थिरता र समृद्धिको वाचा पूरा हुन्छ’